बागलुङमा ५३.५६ प्रतिशत मत खस्यो

आदर्श अनलाइन, बागलुङ
बागलुङमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ५३.५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

कुल १ लाख ९२ हजार २ सय २७ मतदाता रहेको बागलुङमा प्रारम्भिक तथ्याङ्क अनुसार १ लाख २ हजार ९ सय ६३ मत खसेको जिल्ला निर्वाचन कार्यलय बागलुङका प्रमुख यज्ञ रिजालले बताए ।

मतदान स्थलबाट मतपेटिका ल्याउने क्रम सुरु भएको भन्दै भोलि मात्र मतगणना सुरु हुने उनको भनाई छ । निर्वाचन क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालय बुर्तिवाङमा हुने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *