बागलुङ–१ प्रदेश सभा (क)मा एमालेका हिरा केसीको अग्रता कायम


आदर्श अनलाइन, बागलुङ

बागलुङको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा(क)मा नेकपा एमालेका हिरा केसीको अग्रता कायम रहेको छ ।

बागलुङ नगरपालिकाका ८ वटा वडाको मतगणना हुँदा केसीले ५ हजार १६४ मत प्राप्त गरेका छन् ।

पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका दिपेन्द्र थापाले ४ हजार ३५८ मत प्राप्त गरेका छन् ।

बागलुङ नगरपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडामा एमालेका केसीको अग्रता रहेको छ । वडा नम्बर ८ मा काँग्रेसका दिपेन्द्र थापाले अग्रता लिएका छन् । वडा नम्बर ३ मा काँग्रेसका थापाको अग्रता रहेको छ । यहाँको सिम्ले मतदान स्थलको मतगणना हुन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *