१४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा १२ वर्ष कैद

सिर्जना पन्त, बागलुङ

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले गुल्मीको नेटा–२ घर भएका २५ वर्षीय सुर्य क्षेत्री भन्ने सुर्य खातीलाई १२ वर्ष कैद सजाय फैसला गरेको छ ।

२०७८ वैशाख १ गते बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला न्यायाधीश डा. दिवाकर भट्टको मंसिर २९ गतेको इजलाशले कैदसँगै ४ लाख जरिवाना समेत फैसला गरेको छ ।

खातीले कैद र जरिवाना भुक्तानसँगै पीडित बालिकालाई ३० हजार रुपैयाँ क्षतीपूर्ती दिनुपर्ने गरि अदालतले फैसला भएको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्य प्रसाद भण्डारीले बताउनुभयो ।

बालिकालाई बलात्कार गरेको आरोपमा वैशाख ३ गते उजुरी परेपछि प्रहरीले सोही दिन खातीलाई पक्राउ गरेको थियो ।

वैशाख २४ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता गरेकोमा अदालतको जेठ २ गतेको आदेशले आरोपित खाती हाल सम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षको लागि थुनामा थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *