बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवाली सम्मानीत

मनकुमारी केसी, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवाली सम्मानित हुनुभएको छ । प्रहरी उपरिक्षक ज्ञवालीलाई कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले नगद ५१ हजार १ सय ५१ रुपैयाँ सहित सम्मान पत्रले सम्मानीत गरेको हो ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले मनाउँदै आएको चैत्राष्टमी मेला, वडादशैँ, नवरात्र तथा मन्दिरको नियमित सुरक्षा व्यवस्थापनसँगै समग्र बागलुङ जिल्लाको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा योगदान पु¥याएकोले प्रहरी उपरिक्षक ज्ञवालीलाई सम्मान गरिएको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

सम्मान पत्र ग्रहण गर्दै प्रहरी उपरिक्षक ज्ञवालीले आफुले प्राप्त गरेको सम्मान देश र जनताको सुरक्षामा खटिने प्रणका साथ प्रहरी सेवामा प्रवेश गरेका सबै प्रहरीको सम्मान भएको बताउनुभएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी रामदत्त जोसीको निर्देशन र मार्गदर्शन अनुसार आफु र आफ्नो सम्पूर्ण टिमको प्रयाशले जिल्लामा अपराध नियन्त्रण र शान्ति सुव्यवस्थाको लागि खटिदा प्राप्त गरेको सम्मानले थप जिम्मेवारी बोध बनाएको बताउनुभयो ।

उहाँले बागलुङका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जिल्ला सुरक्षा समितिको टिमसहित सम्पूर्ण जिल्लाबासीलाई धन्यवाद दिदै आफ्नो जिम्मेवारी र कर्तव्यबाट कहिलै पछि नहटने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले ज्ञवालीलाई शुक्रबार मन्दिर परिषरमा एक कार्यक्रमको विच सम्मान गरेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *