बालिका बलात्कार गरेको कसुरमा जैमिनीका दिलबहादुरलाई १२ वर्ष कैद

सिर्जना पन्त, बागलुङ
१५ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको कसुरमा बागलुङको जैमिनी नगरपालिका–२ का ४३ वर्षीय दिलबहादुर थापालाई १२ वर्ष कैद सजाय भएको छ ।

अदालतले २०७८ भदौ ९ गते बालिकालाई अपहरण गरि भदौ १४ गते सम्म विभिन्न स्थानमा पु¥याएर बलात्कार गरेको कसुर ठहर गरेको हो ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ पुस २४ गतेको अन्तिम आदेशले थापालाई कैद सजायसँगै पीडितलाई ३० हजार क्षतीपूर्ती दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले बताउँनुभयो ।

थापाले बालिकालाई अपहरण गरि बलात्कार गरेको भन्दै परिवारले ०७८ भदौ १६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएका थिए ।

प्रहरीले थापालाई ०७८ भदौ २७ गते चितवनबाट पक्राउ गरि ०७८ कात्तिक ७ गते जिल्ला अदालत बागलुङमा अपहरण तथा शरीर बन्धक बनाई जबरजस्ती करणी गरेको कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

थापा तत्कालिन जिल्ला न्यायाधीश बासेदेव न्यौपानेको ०७८ कात्तिक ८ गतेको इजालाशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *