रत्नेचौरका दिलबहादुर माहुरीको घार बेचेर ८ लाख कमाउछन्

अमृत बास्कुने, म्याग्दी

टिकटक र फेसबुकले चर्चामा आएको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीको फाँटमा अहिले पनि तोरी फुलेको छ । तर, यसपटक फोटो खिच्ने र टिकटक बनाउनेको भिड भने छैन । यतिबेला यही फाँटमा बेनी नगरपालिका–४ सुर्केमेलाका दिलबहादुर खत्रीले २५ घार माहुरी चराउँदै हुनुहुन्छ । सुर्केमेलाका व्यवसायीक माहुरीपालक कृषक ४२ वर्षिय खत्रीले माहुरीको घार ल्याएर तोरीको फाँटमा राख्नुभएको छ ।

केसी २१ वर्षको उमेरमा संयुक्त अरब इमरेस्टको दुबई शहर पुगेर दुई वर्ष बिताएर फर्की पछि दुई २ वर्ष घरमै बसेर २५ वर्षको उमेरमा मलेसिया पुग्नु भएको थियो । मलेसिया ३ वर्ष बसेर २८ वर्षको उमेरमा फर्केर सुर्केमेलामा सुन्तला खेती थाल्नुभयो । केसी बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर व्यवसायमा लाग्नु भएका उहाँले हाल माहुरी पालन तथा बिक्री गर्नुका साथै कागती एवम् सुन्तला जातका फलफुल उत्पादन गर्ने गर्नुहुन्छ ।

केसीले बार्षिक माहुरी तथा घार सरदर १० लाखको कारोवार गर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो तीन वर्ष अगाडी एक सय घार बिक्री गरेको, त्यस पछि एक सय १५, गत वर्ष एक सय ४२ वटा माहुरी सहित घार बिक्री गरेको छु । प्रतिघार माहुरी सहित बिक्री गर्दा ४० प्रतिशत लगानी र ६० प्रतिशत श्रम तथा मुनाफा हुने उहाँको भनाई छ । केसीको भनाइका आधारमा गत वर्ष माहुरी सहितको घारबाट मात्रै उहाँले आठ लाख भन्दा बढी मुनाफा कमाउनु भएको छ ।

यस वर्ष चरन क्षेत्रमा राखेको ७९ घार माहुरीले दुई सय ५० केजी मह उत्पादन गर्ने अपेक्षा लिएको उहाँको भनाई छ । रत्नेचौरमा २५ घार र बागलुङ नगरपालिकाको कुँडुलेमा ४५ घार माहुरी चरनमा राखीएका छन् । प्रत्येक घारमा माहुरीले सरदर तीन देखि चार केजी सम्म मह उत्पादन गर्ने हुँदा उक्त परीणाममा मह बिक्री गर्ने केसी बताउनुहुन्छ । ताजा मह एक हजार रुपियाँ देखि एक हजार तीन सय रुपियाँ प्रतिकेजीका दरले बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

बार्षिक रुपमा २०० घार माहुरी बेच्ने लक्ष सहित काम गर्ने केसीले, गोला घार(माहुरी सहितको घार), खाली घार, खाली घार भएका कृषकका लागि माहुरी मात्रै पनि बिक्री गर्ने गर्नुहुन्छ । कृषि ज्ञान केन्द्रले निर्धारण गरेको मुल्य अनुसार माहुरी सहितको घारको १० हजार, माहुरी मात्रै ५ हजार, खाली घार मात्रै ३ हजार पाँच सयमा विक्री हुन्छ । त्यस्तै खाली घार लिएर आएकालाई चार फ्रेम माहुरी हाल्दीएको ५ हजार पाँच सय रुपियाँ लिने गरेको उहाँको भनाई छ ।

पाँच वर्ष लामो बैदेशिक रोजगारीबाट फर्केर २८ वर्षको उमेरदेखि शुरुमा बङ्गुर पालन, त्यस पछि भैसी, माछा, कुखुरा पालन सँगै सुन्तला खेती गर्नु भएको थियो । पछिल्लो सात वर्ष अर्थात् ३५ वर्षको उमेरदेखि दुइ घार माहुरीबाट पाल्न सुरु गरेको पेशामा आफू रमाएको भनाइ छ । कृषि ज्ञान केन्द्रले केही वर्ष अगाडी सानो मोडेल फर्म अन्तरगत अनुदान प्रदान गरेपछि भने उहाँलाइ त्यसले ठूलो मात्रामा व्यवसायीक तबरले अगाडी बढ्न सजिलो भएको अनुभव छ । एक छोरा र छोरीलाइ नीति विद्यालयमा पढाउँदै गर्नुभएका केसीको श्रीमानश्रीमती भने माहुरी पालनमै स्वरोजगार भएकोमा खुशी हुनुहुन्छ ।

बेनी नगरपालिका–१ का ६४ नगेन्द्र बहादुर बोगटीको पछिल्लो समयको दैनिकी भनेको तोरीको फाँटमा राखेका माहुरीको घारको रेखदेख गर्ने भएको छ । उहाँ भन्नुहुन्छ–हाम्रो क्षेत्रमा तोरीको फाँटमा तोरी फुलेकोले माहुरीलाई तोरीको फुलमा चराउन ल्याउने भनेपछि मैले ल्याउन भनेको हुँदा त्यसको रेखदेख पनि मैले गर्छु भनेको हुँ र गरेको पनि छु ।

रत्नेचौरको फाँट पाँच सय मुरी धान फल्ने क्षेत्र हो र त्यस मध्ये चार सय मुरी धान फल्ने क्षेत्रमा तोरी लगाइएको छ भने एक सय मुरी धान फल्ने क्षेत्रमा गहुँ लगाइएको उहाँले बताउनुभयो । गहुँ खेती अलिक दुख गर्नु पर्ने र बिक्री वितरण पनि अलिक कठीन हुने हुनाले नगदे बाली तोरी लगाउनु नै फाइदा जनक भएको बोगटीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *