बालिका बलात्कार कसुरमा बरेङका अनिललाई १२ वर्ष कैद सजाय

आदर्श अनलाइन, बागलुङ

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर लागेका बागलुङका एक युवालाई १२ वर्ष कैद सजाय भएको छ ।

जिल्ला अदालत बागलुङले बागलुङको बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई बलिका बलात्कार गरेको कसुरमा कैदसँगै ४ लाख जरिवाना फैसला गरेको हो ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको सोमबारको अन्तिम आदेशले सजायसँगै २० हजार क्षतीपूर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सुर्यप्रसाद भण्डारीले आदर्श अनलाइनलाई बताउनुभयो ।

बालिकालाई ०७९ जेठ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपित श्रीषलाई जेठ ३० गते पक्राउ गरी असार १९ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

श्रीष अदालतको असार २० गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *