म्याग्दीमा डेढ करोडका बंगुर मरे

अमृत बास्कुने, म्याग्दी
म्याग्दीमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमणबाट झण्डै पाँच सय बङ्गुरको मृत्यु भएको छ ।

बङ्गुरको मृत्युबाट कृषकहरुले करिब डेढ करोड रुपियाँको नोक्सानी भएको छ । म्याग्दीको सदरमुकाम बेनी बजार रहेको बेनी नगरपालिकाको ७ नम्बर वडाको अग्निखेत क्षेत्र एवम् ग्रामिण भेकमा संक्रमण भएर चार सय ८१ गोटा बंगुरको मरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार सबै भन्दा धेरे बेनी नगरपालिका क्षेत्रमा चार सय आठ वटा बंगुर मरेका छन् । त्यस्तै माालिका गाउँपालिकामा चार, रघुगंगा गाउँपालिकामा छ र अन्नपुर्ण गाउँपालिकामा ६३ वटा बंगुर मरेका हुन् ।

जिल्लाको सदरमुकाम नजिकै तथा ग्रामिण भेकमा पनि व्यवसायिक रुपमा पालिएका बंगुर मर्न थालेपछि विज्ञ केन्द्रको टोलीले गरेको अनुगमन गरी फार्मबाट लिइएको नमुनामा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो । आचार्य भन्नुहुन्छ सरदरमा एउटा बंगुरको मुल्य ३० हजार तोक्दा पनि एक करोड ४४ लाख भन्दा बढी मूल्य हुन्छ । कुनै बंगुर साना भए पनि धेरै जसो झण्डै ८०–९० केजी सम्म मासु भएका मरेको हुँदा कृषकहरुले ठूलो नोक्सानी व्यहोरेका छन् ।

त्रसित नभई सतर्कता अपनाउन निर्देशन दिएका थियौं, मरेका बंगुरलाई तोकिएको मापदण्ड अनुसार खाल्टोमा पुरिएको पनि हो प्रमुख आचार्यले भन्नुभयो । बंगुर पालक कृषकले निकै ठूलो परिणाममाा क्षती ब्यहोर्नु परेको भए पनि अहिले रोग नियन्त्रणमा आइसकेको छ । कृषकहरुले बिमा नगरेको हुनाले पनि कृषकरुले कुनै पनि प्रकारको दावी भुक्तानी पाउने अवस्था नरहँदा कृषकलाइ नै समस्या भएको माालिका गाउँपालिका रुम घर भै बेनी नगरपालिका–७ अग्नी खेतमा बंगुरपालन गर्नुभएका कृषक टकबहादुर बुढाथोकीले बताउनुभयो ।

पहिलो पटक उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, नौलीबगरको बंगुर मरेपछि पशुपन्छी अन्वेषण प्रयोगशाला परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको पुष्टि भएको थियो । अफ्रिकन स्वाइन फिभरले मान्छेमा कुनै असर नगर्ने तर बंगुर प्रजातिमा मात्र देखिने यो रोगको यही नै हो उपचार भन्ने नरहेको आचार्यले बताउनुभयो ।

बेनी नगरपालिकाका पशु प्राविधिक प्रदिप गौतमले बेनी नगरपालिका क्षेत्रमा जिल्लामै धेरै मृत्यु भएकोले यहाँका कृषकले धेरै क्षती व्यहोरेको बताउनुभयो । बेनी नगरपालिका भित्रका कृषकहरु रनबहादुर बुढाथोकी, श्यामकुमार गोतामे, बिना गोतामे, टकबहादुर बुढाथोकी, टिका रोका, पूर्वराज घर्तीले पालेका बंगुर मरेका थिए ।

मंगला गाउँपालिका–३ बरंजा घर भै बेनी नगरपालिका–७ अग्नी खेतमा बंगुर पालेकी टिका रोकाले आफ्नो ८० केजी भन्दा बढी मासु भएको १८ बंगुर मरेको बताउनुभयो । बेनी बजार क्षेत्रमा प्रतिकेजी पाँच सय रुपियाँमा बंगुरको मासु बिक्री हुने गरेको छ ।

समयमै नियन्त्रण हुन नसक्दा करोडौं मुल्यय पर्ने बंगुर मरेर नोक्सान भएको कृषकहरुको भनाई छ । घरपालुवा सुँगुर–बंगुर तथा जंगली प्रजातिमा विषाणुका कारण सर्ने अफ्रिकन स्वाइन फिभर रोगको मोटालिटि शतप्रतिशत हुने भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताउनुभयो । उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग अफ्रिकन स्वाइन फिभर फैलिन नदिन सुँगुर तथा बंगुर पालिएको खोर र फार्म परिसर सफा राख्ने र समय–समयमा निःसंक्रमण गर्नु पर्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *