जनप्रतिनिधिले अपाङ्गता भएकालाई उपेक्षा गरेको गुनासो

आदर्श अनलाइन, बागलुङ
अपाङ्गतामैत्री वातावरण निर्माणको लागि स्थानीय तहका सरोकारवाला विच आयोजना गरिएको कार्यक्रममा जनप्रतिनिधि उपस्थित नभएको भन्दै कार्यक्रमका सहभागीले गुनासो गरेका छन् ।

बिहीबार बागलुङ बजारमा अपाङ्गता सरोकार संघ बागलुङको आयोजना र स्वाबलम्बन जीवनपद्धती केन्द्र पोखराको सहयोगमा आयोजना भएको पैरवी योजना निर्माण सम्बन्धी बैठकमा स्थानीय जनप्रतिनिधि र प्रशासनका प्रतिनिधि उपस्थित नभएको भन्दै सहभागीले गुनासो गरेका हुन् ।

अपाङ्गता सरोकार संघ बागलुङका अध्यक्ष टिका थापाले अपाङ्गता भएका व्यक्तिलाई भोटवैंकको रुपमा प्रयोग गरिएको बताउनुभयो । ‘निर्वाचनमा स्टेचरमै राखेर लैजान्छौ भन्दै आउनुहुन्छ, तर हामिले बोलाएको कार्यक्रममा उपस्थित हुनुहुन्न,’ थापाले भन्नुभयो ‘स्थानीय सरकार नाम भएपनि हाम्रोलागि टाढाको महशुष भएको छ ।’

देश संघिय संरचनामा जानुभन्दा पहिले अपाङ्गता भएका व्यक्तिको लागि कार्यक्रम र बजेट आउने गरेको भएपनि घर–घरमै स्थानीय सरकार आएपछि अपाङ्गता भएका व्यक्तिको अधिकार खोसिएको उहाँको भनाई थियो ।

कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका व्यक्तिको लागि आयआर्जन, क्षमता विकास, पहुँच र पहिचानका कार्यक्रममा स्थानीय सरकार र सरोकारवालाले ध्यायन दिनुपर्ने बताएका थिए ।

वैंक तथा वित्तिय संस्था, सरकारी गैरसरकारी कार्यालय र सार्वजनिक स्थल अपाङ्गता मैत्री नहुँदा सेवा लिन कठिनाई भएको उनिहरुको भनाई थियो । अपाङ्गता भएका व्यक्तिको लागि रेडियो, टेलिभिजनबाट सूचना मुलक कार्यक्रम प्रशारण गर्ने, अपाङ्गता भएका व्यक्तिको एकिङ तथ्याङ्क निकाल्ने, रणनितिक योजना तयार गर्न सरोकारवालाले सहयोग गर्नुपर्ने उनिहरुको भनाई थियो ।

वैठकमा बागलुङ नगरपालिकाका उप–प्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख डम्मर बहादुर जिसी, बागलुङ नगरपालिकाका सरस्वती रेग्मी, धौलागिरी बहिरा आवासिय विद्यालय बागलुङका अध्यक्ष केवी राना मगर, इन्सेक प्रतिनिधि सिर्जना पन्त, बिवाइसी बागलुङका आस्था शर्मा, लगाएतले अपाङ्गता भएकाको क्षेत्रमा गरेका काम र आगामी योजनाको बारेमा बताउनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *