बलात्कार कसुरमा निसीखोलाका ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद

आदर्श अनलाइन, बागलुङ

१२ वर्षीय बालिकलाई बलात्कार गरी गर्भवती बनाएको अभियोगमा ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको फागुन २३ गतेको अन्तिम आदेशले अभियोग दावी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ३० हजार रुपैयाँ क्षतीपूर्ती फैसला गरेको हो ।
बागलुङको निसीखोलाका वृद्धले ०७८ चैत ५ गते बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपित विरुद्ध ०७९ असार २३ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

आरोपित अदालतको ०७९ असार २३ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेको इजालाश अधिकृत गंगाधर सापकोटाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *