दलको खराव प्रवृति सत्ता मोह : अध्यक्ष केसी

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरुको खराव प्रवृति भएको टिप्पणी गर्नुभएको छ ।

पूर्व उपप्रधानमन्त्री तथा संघीय सांसद समेत रहनुभएका नेता केसीले राजनीतिमा सत्ता र सक्ति बाहेक अरु केही चिन्ता नगर्नेहरुबाट विकासको आश गर्नु गलत भएको बताउनुभयो ।

बागलुङको जैमिनी नगरपालिकाले आज आयोजना गरेको विज्ञ सम्मेलनको उद्घाटनपछि बोल्दै नेता केसीले राष्ट्रिय स्वतन्त्र पार्टी शक्ति राष्ट्रको आडमा चम्केको आरोप लगाउनुभयो ।
उहाँले पाँच महिनामै २० सिट ल्याउन विदेशी सक्ति हावी भएको बताउनुभयो । नयाँ शक्ति उदय हुनुको कारण दलप्रतिको वितृष्णा जागेको बताउनुभयो ।

नेपाल शक्ति राष्ट्रहरुको बजार हुँदा स्थानीय उत्पादनले भाउ नपाएको बताउदै विदेशी विषादी युक्त तरकारी आयातमा रोक लगाउनुपर्ने बताउनुभयो ।

“अस्थिर सरकारले किसान, गरिब तथा निमुखालाई समस्या बनाएको छ, सरकारले विषादी युक्त तरकारी आयतमा रोक लगाउन पर्दछ, अहिले सरकारले त्यो गर्न सकेको छैन” नेता केसीले भन्नुभयो “मान्छेले घर छोडेपछि बाँदर भित्रियो, अहिले बसाईसराईले गाउँ खाली भएको छ, स्रोत र साधन परिचालनमा विज्ञ सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ ।”

विज्ञहरुको सुझावको आधारमा कृषि, उद्योग र पर्यटनमा जोड दिन सके समृद्ध जैमिनी बन्नेमा शंका नरहेको बताउदै नेता केसीले स्थानीय उत्पादन बजारीकरणको जिम्मा लिन आवश्यक रहेको बताउनुभयो । अहिले बालुवाटारमा सत्ताको खेल चलिरहेको टिप्पणी गर्दै नेता केसीले सत्ताको पछि नलाग्ने पार्टी राष्ट्रिय जनमोर्चा मात्रै भएको बताउनुभयो ।

नेता केसीले दलहरुप्रतिको वितृष्णा जागेका कारण नयाँ शक्तिहरु उदय हुन थालेको भन्दै दलहरु सुध्रन आवश्यक रहेको बताउनुभयो । दलहरुले आफूलाई सुधान्र पर्यत्न गर्दै जनताको असली अभिभावक बन्न आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *