आदर्श अनलाइन, बागलुङ
कर्तव्य ज्यान मुद्दामा अदालतले २० वर्ष कैद सजाय फैसला गरेका अभियुक्त १२ वर्ष पछि पक्राउ परेका छन् ।
म्याग्दीको रुमका ४६ वर्षीय लालबहादुर विकको हत्या अभियोगमा जिल्ला अदालत बागलुङले जन्मकैद सजाय फैसला गरेका बागलुङको तमानखोला गाउँपालिका ४ का ३९ वर्षीय कृष्ण बहादुर विकलाई जिल्ला प्रहरी कार्यालय बागलुङले १२ वर्ष पछि पक्राउ गरेको हो ।
म्याग्दीका लालबहादुरलाई २०६७ भदौ ३१ गते राती टाउँकोमा ढुङ्गा प्रहार गरि हत्या गरेर तमानखोलाको नारायण चौतारा स्थित खोलामा फालेको अभियोग दावी पुग्ने भन्दै जिल्ला अदालत बागलुङले ०६८ भदौ २७ गते जन्मकैद सजाय फैसला गरेको थियो ।
जिल्ला अदालको फैसलामाथी विकले सर्वाेच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वाेच्च अदालतले जिल्ला अदालतकै फैसला सदर हुने गरी ०७२ माघ २९ गते फैसला सुनाए पनि विक हालसम्म फरार रहेका थिए ।
विकलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलिले रुपन्देहीको सिद्दार्थनगर १२ शान्तिनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका विकलाई लगत कट्टाको लागि चैत २८ गते जिल्ला अदालतमा उपस्थित गराई जिल्ला कारागार बागलुङमा पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रहरी निरिक्षक राजाराम खड्काले जानकारी दिनुभयो ।