तीन महिनामा एक सय २५ जना पीडित

आदर्श अनलाइन, कास्की
गण्डकी प्रदेशमा सन् २०२३ जनवरी देखी मार्चसम्ममा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट एक सय २५ जना पीडित भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक) गण्डकी प्रदेशको ११ जिल्लामा गरेको अभिलेख बाट उक्त रिपोर्ट आएको हो ।

अभिलेखित घटना अनुसार अन्यपक्षबाट १४ पुरुष र एक सय ११ जना महिला गरी एक सय २५ जना पीडित भएका छन् । त्यस्तै पाँच महिला र दुई जना पुरुष गरी सात जनाको हत्या भयो । यस अवधिमा सबैभन्दा बढी महिलाविरूद्ध हुने हिंसाका घटनामा ७७ जना महिला पीडित भए ।

२०२३ को पहिलो त्रैमासिकमा जातिय विभेदका घटनाबाट एक जना महिला र तीन जना पुरुष गरि जम्मा चार जना पीडित भए । अन्यपक्षबाट कुटपिटका घटनामा तीन र घाइतेमा दुई जना पुरुष पीडित भए । अन्य पक्षबाट दुई जना पुरुष अमानविय व्यवहारबाट पीडित भएका छन् ।

इन्सेकको अभिलेख अनुसार पहिलो त्रैमासिकको अवधिमा गण्डकी प्रदेशमा बालबालिकाविरूद्ध भएका हिंसाका घटनामा ३० जना बालबालिका पीडित भए । यो अवधिमा बलात्कार घटनाबाट १६ जना बालिका र यौन दुव्र्यवहार घटनाबाट १० जना बालिका र एक जना बालक पीडित भए ।त्यसैगरी विद्यालयमा दिइएको शारीरिक दण्ड सजायबाट एक जना बालिका र एक जना बालक पीडित भए ।

दुई जना बालकहरू जंगलमा खेल्न जादा बेवारिसे बम भेट्टाएर खेलाउदा विस्फोट भई घाइते भएका छन् । यस वर्ष पहिलो त्रैमासिकमा महिला हिंसा तथा दुव्र्यवहारका घटनामा ७७ जना पीडित भए । अभिलेखित घटना अनुसार यो अवधिमा बलात्कार घटनामा ६, यौन दुव्र्यवहार घटनामा एक जना पीडित भए । त्यसैगरी घरेलु हिंसाबाट ७० जना महिला पीडित भए ।

महिलाविरूद्धको हिंसामा घरेलु तथा पारिवारिक हिंसा प्रमुख छन् । घरपरिवारसँगै नजिकका आफन्त तथा चिनजानका व्यक्तिबाट महिला तथा बालबालिकाको हत्या, बलात्कार, बलात्कार प्रयास, शिक्षकबाट यौन दुव्र्यवहार जस्ता घटना भएको इन्सेकमा अभिलेख छ । यस त्रैमासिकमा नागरिकहरू जातिय विभेद, आर्थिक, सामाजिक तथा सास्कंतिक अधिकारबाट वञ्चित भएका छन् ।गण्डकी प्रदेशमा जातिय विभेदका घटना विगतका तुलनामा बढेको पाइन्छ ।

कास्की जस्तो विकसित जिल्लामा सबैभन्दा धेरै जातिय विभेदको घटना सरोकारवाला निकायका व्यक्तिव्यबाटै भएको यस त्रैमासिकमा अभिलेख भएको छ । वडा अध्यक्ष तथा सदस्य जस्ता जिम्मेवार निकायका व्यक्तिव्यबाट गरिएका जातिय विभेद निन्दनिय छ । देश विकासको गतिमा अगाडि बढ्दै गर्दा समाजमा अझैपनि महिला तथा बालबालिको अवस्था उस्तै छ । महिला तथा बालबालिका आफन्तजनबाटै सुरक्षित नभएको तथ्याङ्बाट अनुमान गर्न सकिन्छ ।

जिल्लागत रुपमा हेर्दा बागलुङमा सबैभन्दा धेरै महिला तथा बालबालिका विरुद्धको घटना अभिलेख भएका छन् । जसमा परिवारजनबाट महिला तथा बालबालिको हत्या र बलात्कारका घटना प्रमुख छन् । त्यसैगरि कास्की र तनहुँमा पनि महिला तथा बालबालिका विरूद्ध हुने यौनजन्य तथा घरेलु हिंसाका घटना बढी छन् । अन्य जिल्लाको तुलनामा हिमाली जिल्ला मुस्ताङ र मनाङमा भने यस पहिलो त्रैमासिकमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू अभिलेख भएको छैन् ।

इन्सेक गण्डकी प्रदेशले हरेकतीन÷तीन महिनामा समग्र मानव अधिकारको अवस्थालाई विश्लेषण गर्दै मानव अधिकार स्थिति सूचक प्रकाशन गर्दै आएको छ ।
इन्सेक अनलाइनबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *