सामुदायिक सेवा केन्द्र रामरेखाद्वारा निशुल्क आँखा शिविर

आदर्श अनलाइन, बागलुङ
बागलुङको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखा तथा रामरेखा सामुदायिक वन उपभोक्ता समुहको संयुक्त आयोजनामा नि.शुल्क आँखा शिविर तथा स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।

शिविरको उद्घाटन पछि बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठले सामुदायिक सेवा केन्द्रले विभिन्न प्रकारका सामाजिक कार्यलाई निरन्तरता दिएकाले समाजमा एउटा सकारात्मक प्रभाव भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल नेत्रज्योती संघ बागलुङका अध्यक्ष भरत पुरी, जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी नायव उपरीक्षक मदन के.सी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । शिविरमा २७४ जनाको आँखा तथा स्वास्थ्य उपचार गरिएको र १८५ जनालाई चस्मा वितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र रामरेखाका इन्चार्ज प्रहरी सहायक निरिक्षक धिरज गौतमले जानकारी दिनुभयो ।

उक्त शिविर बागलुङ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी रामरेखा उपशाखा, नेपाल औषधी व्यवसायी संघ बागलुङ र धौलागिरी आँखा अस्पतालको संयोजनमा सम्पन्न भएको प्र.स.नि धिरज गौतमले बताउनुभयो ।

कार्यक्रम सामुदायिक सेवा केन्द्र रामरेखा बागलुङका अध्यक्ष दुर्गा प्रसाद आचार्यको अध्यक्षता, सचिव धर्मदत्त सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *