बेनी नगरपालिकाको शैक्षिक गुणस्तर सुधार्नका लागि बृहत शैक्षिक अन्तरक्रिया

अमृत बास्कुने, म्याग्दी
बेनी नगरपालिकाले नगर क्षेत्रको शैक्षिक गुणस्तर सुधार गर्नका लागि बृहत शैक्षिक अन्तत्र्रिmया एवं पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

‘कृषि, पर्यटन र पूर्वाधारः स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको कार्यक्रममा नगरपालिका भित्रका चार सय १९ शिक्षक शिक्षिकाको सहभागिता रहेको छ । कार्यक्रममा तीन सय ६२ शिक्षक शिक्षिका तथा ७५ जना बालबिकास केन्द्रका कर्मचारीको सहभागीता रहेको बेनी नगरपालिकाका श्रोत व्यक्ति जयाराम सुवेदीले बताउनुभयो ।

दुई दिनसम्म चल्ने कार्यक्रमको सुरुआतमा नगर प्रमुख सुरत केसीले शैक्षिक गुणस्तरमा सुधार ल्याउन अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । विद्यालयहरुले शैक्षिक गुणस्तरमा गुणात्मक परिवर्तन ल्याउने गरी शिक्षण सिकाई क्रियाकलापमा जोड दिनुपर्ने बताउनुभयो । शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तनको आवश्यकता रहेको बताउँदै आउँदो आर्थिक वर्षदेखि शिक्षा क्षेत्रमा केही नयाँ कार्यक्रमहरु ल्याउन लागिएको उहाँको भनाई थियो ।

बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकामार्फत आवश्यक पहल थालिएको बताउदै नगर क्षेत्रमा शिक्षाको गुणस्तर वृद्धि गर्न विभिन्न कार्यक्रम र योजनाहरु निर्माण गरिएको बताउनुभयो । उहाँले शिक्षक दरबन्दी मिलान तथा थप बजेटका लागि माथिल्लो निकायमा ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । भोलीको लागि अहिल्यै देखि शैषिक सुधार गर्नु पर्ने भएकोले नगरपालिकाले यो कार्यक्र आयोजना गरेको उहाँको भनाई थियो ।

देशैभर नयाँ शैक्षित्र सत्रको भर्ना अभियान सकिएको अवस्थामा नगरपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न र नयाँ पाठ्यक्रम समेत परिवर्तन भएकाले चालु शैक्षिक सत्रमा शिक्षकहरुलाई तयारी भएर अगाडि बढ्ने वातावरण बनाउन तथा शिक्षाको गुणस्तर सुधार गर्नका लागि के, कस्ता कार्यक्रमहरु समेटेर बजेट बनाउन सकिन्छ भन्ने उद्देश्यसहित बृहत शैक्षिक अन्तत्र्रिmया एवं पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले शिक्षक एउटा सल्लाहकार, रिपोर्टर सबै भएकाले समुदायको ठूलो भरोसा शिक्षकप्रति हुने बताउनुभयो । शिक्षक समाजको अब्बल र क्षमतावान् व्यक्तिको रुपमा रहेको बताउँदै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले माध्यमिक शिक्षा परीक्षाको नतिजाअनुसार म्याग्दीको शैक्षिकस्तर अत्यन्त कमजोर रहेको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सन् २०२० मा देशका एक हजार आठ सयवटा विद्यालयहरुमा गरेको परीक्षणको नतिजाअनुसार पनि जिल्लाको शैक्षिकस्तर चिन्ताजनक अवस्थामा पुगेकाले सुधारको आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा ज्ञानोदय माध्यमिक विद्यालय काठमाडौंका पूर्व प्रधानाध्यापक धनञ्जय अधिकारीले सहजीकरण गर्नुभएको छ । कार्यक्रमको उद्घाटनसत्रमा बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीबजारका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले उत्प्रेरणामूलक मन्तव्य व्यक्त गर्नुभएको थियो । बेनी नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं बेनपा–९, घतानका वडाध्यक्ष चक्रबहादुर केसीले स्वागतसहित उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रम स्रोतव्यक्ति जयराम सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि नगरपालिकाद्वारा बालविकास सहजकर्ताहरुलाई तालिम दिइसकिएको छ ।

बेनी नगरपालिकाभित्र सामुदायिक विद्यालयहरु ५४, संस्थागत १२, उज्यालो वैकल्पिक विद्यालय १, संस्कृत १ र मदरसा १ गरी कुल ६९ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *