सहकारीले गरेको सहकार्य यति छिट्टै कसरी भुल्नु भयो ?

चण्डीप्रसाद शर्मा

विश्व यतिबेला वित्तीय संकटसंग जुधिरहेको छ । विश्वमा देखिएको वित्तीय संकटको बाछिटा नेपालमा पनि परेको छ । नेपालको समग्र वित्तीय क्षेत्रको समस्याले सहकारी क्षेत्र पनि प्रभावित भएको छ । सहकारीमा तरलता अभाव देखिन थालेपछि केही सहकारीहरुको कारोबार बन्द भएका समाचारसंगै सबै सहकारीमा सदस्यहरु ठुलो संख्यामा वचत फिर्ता गर्न जान थालेपछि समस्या सिर्जना भएको छ । एकैपटक धेरै मान्छे रकम फिर्ता गर्न जादा कुनै पनि संघ संस्था वा बैंकले फिर्ता गर्न सक्दैनन ।

फेरी सहकारी त सदस्यहरुको हो । सहकारीलाई सञ्चालन गर्ने, व्यवस्थापन गर्ने, संरक्षण गर्ने दायित्व शेयर सदस्यहरुको हो । कुनै सहकारीमा समस्या आयो भन्दैमा आफु सदस्य भएको सहकारी पनि जोखिममा छ, त्यसैले मेरो रकम सुरक्षित गरिहाल्छु भन्नेहरु सहकारीका असल सदस्य होइनन, सदस्यहरुले आफ्नो संस्थाको बारेमा बुझ्ने र समस्या परेको भए समाधानका लागि सहयोगी बन्नु पर्नेमा उल्टै संस्थालाई समस्यामा पार्ने अवस्था आएको सहकारीकर्मीको गुनासो छ ।

सहकारीले सदस्यलाई अफ्ट्यारोमा साथ दिएका हुन्छन्, सदस्यले सहज रुपमा सहकारीको सेवा लिएका हुन्छन्, व्यक्तिगत जीवनलाई सफल बनाउन सदस्यले सहकारीलाई सहयोगी संस्थाका रुपमा उपयोग गर्नु नै सहकारीको मर्म हो । तर, सहकारीमा समस्या आउदा वा आउन सक्ने अवस्थामा सहकारीलाई समस्याबाट मुक्त गराउने जिम्मेवारी पनि सदस्यकै हो, सहकारी सदस्यको हो, सहकारीका मालिक सदस्यनै हुन् ।

सहकारीलाई सदस्यले किन भुल्नु भयो भन्दै सिवाइसी वचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष, जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङका अध्यक्ष तथा नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का सञ्चालक चण्डी प्रसाद शर्माले आफ्नो सामाजिक सञ्जालमार्फत सचेत हुन आव्हान गर्नु भएको छ ।

यस्तो छ, शर्माले सामाजिक सञ्जालमा गरेको ध्यानाकर्षण :

सबै संचालक र सदस्य ज्युहरुले पढेर अरु सदस्यज्युहरु लाई पनि सुनाउनु होला
सहकारीलाइ किन भुल्नुभयो रु भुल्नेहरुलाई बिषेश अनुरोध

१. तपाईंको भविस्यको योजनाका लागि कसैले तपाईंलाई बिश्वास नगर्दा सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?

२. तपाइको घर जग्गा जोड्न र छानो हाल्दा सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?

३. जागिर गर्न, सवारी किन्न सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?

४. तपाइको ईज्जत् ढाक्न, शुभ कार्य बिहे व्रतबन्ध गर्ने बेला सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?

५. भाडा नतिर्दा घरबेटीले चाबी लगाएको दिन सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?

६. छोराछोरीको फिस तिर्न नसक्दा सहकारीले बिश्वास गरेर कर्जा दिएको, भर्ना हुन नसक्दा भर्ना गर्न पैसा दिएको भुल्नु भयो ?

७. व्यापार व्यवसाय लगानी अभावमा सहकारीले बिश्वास गरेर कर्जा दिदा एक छाक ढुक्कले खान पुग्ने बनाइदिएको भुल्नु भयो ?

८. पहिले मलाई सहकारीले सहयोग गर्यो अहिले मैले कसरी सहयोग गर्नु पर्छ भन्ने कुरा भुल्नु भयो ?

९. तपाइको छोराछोरिलाई विदेश पठाउन सहकारीले सहयोगले गरेको दिन भुल्नु भयो ?

१०. आज जुन ठाउँमा हुनुहुन्छ त्यो एक खुड्किलो सहकारी हो भन्ने कुरा भुल्नु भयो ?

११. पहुँच र ठुला घरनाले खर्ब कर्जा लिदा तपाईले लाख नपाएको दिन सहकारीले बिश्वास गरेर कर्जा दिएको भुल्नु भयो ?

१२. सहकारीको सहयोगले बिदेश गएका छोराछोरीले कमाएको पैशा सहकारीमा राख्नु पर्छ भन्ने कुरा किन भुल्नु भयो ?

१३. म संचालक र सदस्य भएको सस्थामै कारोबार गरेर सस्था बलियो गराउनुको सट्टा बढी व्याजको लोभ गर्दा सावानै डुब्छ भन्नेकुरा भुलेर किन मानसिक रोगी बन्नु भयो ?

१४. हजुरको घरमा दुख सुख पर्दा सघाउन आउने र गुणस्तरीय जीवन बिताउन मद्दत गर्ने सहकारी हुन भन्ने बिर्सेर अप्ठेरोमा पैसा नचाइएको बेला आफ्नो सस्थालाइ मद्दत गर्नुको सट्टा पैसा झिक्न दौडदा आफु मालिक हुँ र सस्था मेरो हो भन्ने कसरी भुल्नु भयो ?

१५. फेरि बैंक र मिटर व्याजीले रुवाउने दिन आउदैछ असजिलोमा सहकारी चाहिन्छ त्यो कुरा किन भुल्नु भयो ?

१६. पैसा झिकेर बिकास बैंक बाणिज्य बैंक र नेपाल बैंकमा राख्ने सहकारीबाट लगेको ऋणलाई टिको लगाएर दिएको पैसा जस्तो ठान्ने अनि त्यही सहकारीलाई सत्तोसराप गर्ने यो सदस्यले दुख गरेर कमाएको पैसा हो समयमै तिर्नुपर्छ बाटोमा बसेर आफै सदस्य भएको सस्थाको बारेमा यथार्थ नबुझी अनावश्यक कुरा बोल्नु हुन्न भन्ने किन बिर्सनु भो ?

१७. सहकारीमा बसेर किर्नाले झैं चुसेर अघाएपछि सत्तोसराप गर्ने, सहकारीमा शेयर सदस्य बनेर सहकारीलाई विश्वास नगर्ने र सहकारी चाख्दै हिड्नेहरुलाई सहकारीमा आवद्ध भैरहने नैतिक अधिकार हुंदैन । आजभोलि त्यस्ता प्रवृत्ति देखिन थालेकोले सबै सहकारीकर्मीहरु सचेत हुंदै त्यस्ता प्रवृत्तिलाई बेलैमा सचेत गर्दै आवश्यकता परे पाखा लगाउनु पर्छ भन्ने किन भुल्नु भयो ?

सहकारी हिजो आवश्यक भयो, आज असहज होला भोलि आवश्यक पर्नेछ, धैर्य गरौ सबैले सबैलाई सहयोग गरौ । जय सहकारी ।

यो पनि पढ्नुहोस्

सहकारीले गरेको सहकार्य यति छिट्टै कसरी भुल्नु भयो ?

  1. हल्ला कोलपछी नलागेर बास्तबीक कुरा बुजेर बचत कर्ताहरु नआत्तीय र केही समय धैर्य गरेमा सबैलाई रामिरो हुनेहो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *