गलकोट सहकारीले बनायो चार वर्षे रणनीतिक योजना

मनकुमारी केसी, बागलुङ

जिल्लाको मध्यभाग गलकोट नगरपालिका वडा नं. ३ मा सञ्चालित गलकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ४ वर्षे रणनीतिक योजना निर्माण गरेको छ ।

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा संस्थाले आयोजना गरेको २ दिने गोष्ठीमार्फत आगामी ४ वर्षका लागि रणनीतिक योजना निर्माण गरिएको संस्थाले जनाएको छ ।

बैशाख १५ र १६ गते नगर सभाहल नरेठाटीमा आयोजित गोष्ठीले आगामी ४ वर्षमा संस्थाले गर्ने कारोबार, सुशासनका लागि प्रतिवद्धता र कार्यान्वयन, वित्तीय व्यवस्थापन लगायत समग्र क्षेत्रका बारेमा छलफल गरि आगामी आर्थिक वर्षदेखि योजना सञ्चालन गर्ने निर्णय भएको संस्थाका उपाध्यक्ष बीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

रणनीतिक योजना निर्माण गोष्ठीमा संस्थाको सांगठानिक संरचना व्यवस्थापन, कार्यविधिहरु निर्माण र परिमार्जन, वार्षिक बजेट तथा योजना निर्माण, सम्पत्ती अभिलेखीकरण, कर्मचारी नियुक्ती, बढुवा, सहकारी ऐन र नियमावली कार्यान्वयन, सहकारीमा जोखिम व्यवस्थापन, सुरक्षित कर्जा लगानी, प्रविधिमैत्री सेवा लगायतका विषयमा सहजीकरण भएको थियो ।

जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिलबीर बज्राचार्यले रणनीतिक योजना निर्माण गोष्ठीमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमका सहभागी सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, लेखा सुपरीवेक्षण समितिका संयोजक तथा सदस्यहरु, शिक्षा उपमितिका सदस्यहरु र कर्मचारीहरुले गोष्ठीमा गरिएको छलफलबाट निस्केका निष्कर्षहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

संस्थाका हरेक क्रियाकलापलाई सदस्यमैत्री बनाउन, आर्थिक पारदर्शिता, सामाजिक दायित्व र काम गर्दै जादा आउन सक्ने जोखिमबाट जोगाउदै सस्था र शेयर सदस्यको आर्थिक, सामाजिक रुपान्तरणका लागि रणनीतिक योजना सहयोगी बनेको सहभागीहरुको भनाइ छ ।
रणनीतिक योजना निर्माण गोष्ठी संस्थाका अध्यक्ष टंक प्रसाद चालिसको अध्यक्षता र सचिव बीर बहादुर बोहोरा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *