शिक्षामा बहिरा ‘नसुन्नेका सुन्नु पर्ने सवाल’ नामक पुस्तक विमोचन

दिलिप प्रतेल, बागलुङ

धौलागिरी बहिरा आवसिय माध्यमिक तथा टेक्स विद्यालयद्वारा सोमबार शिक्षामा बहिरा ‘नसुन्नेका सुन्नु पर्ने सवाल’ नामक पुस्तक विमोचन गरिएको छ ।

पुस्तकको बिमोचन बागलुङ नगरपालिका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले गर्नुभएको थियो । विमोचन पछि बोल्दै उहाँले पुस्तक भित्र रहेका बिषयले बहिरा बिद्यार्थीका सवालहरुको उजागर हुने बताउनुभयो । बहिरा बिद्यार्थीको हकहितका लागि बागलुङ नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले यो पुस्तकले पाठक र लेखक बिचको सम्बन्धलाई मजबुद गर्ने बताउनुभयो । पत्रकार दिल श्रिसद्धारा सम्पादन गरिएको पुस्तकमा १ सय बढि बहिराका सवाल सम्बन्धी लेखहरु समेटिएका छन् ।

कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, शिक्षा बिकास तथा समन्वय ईकाइ प्रमुख कुस्मराज उपाध्याय, नगरशिक्षा अधिकारी धनप्रसाद पोखरेल, विद्यालयका सहायक प्रधानाध्यापक सन्तोष पौडेल , चिजा थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम धौलागिरी बहिरा आवसिय माबिका संस्थापक अध्यक्ष केबीराना मगरको अध्यक्षता, प्रधानाध्यापक रेशम बहादुर श्रिसको स्वागत मन्तव्य र शिक्षिका सावित्री थाापको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *