बालिका बलात्कार कसुरमा ताराखोलाका प्रकाशलाई १० वर्ष कैद

आदर्श अनलाइन, बागलुङ
१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बागलुङको ताराखोला गाउँपालिका–५ का २१ वर्षीय प्रकाश भन्ने लोकबहादुर घर्तीलाई १० वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधिश दिवाकर भट्टको ०८० जेठ २५ गतेको आदेशले घर्तीलाई कैदसँगै ५ लाख रुपैयाँ जरिवाना र २० हजार रुपैयाँ क्षतीपूर्ती फैसला गरेको जिल्ला अदालत बागलुङका इजालाश अधिकृत गंगाधर सापकोटाले जानकारी दिनुभयो ।

०७९ साउन ५ गते विद्यालयबाट फर्किर्दै गरेकी बालिकलाई ताराखोलाको जंगलमा बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । प्रहरीले घर्ती विरुद्ध भदौ ३० गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो ।

आरोपित घर्ती जिल्ला अदालत बागलुङको भदौ ३१ गतेको आदेशले पुर्पक्षको लागि जिल्ला कारागार बागलुङमा थुनामा रहेका थिए ।

पीडित बालिकाको भदौ ७ गते धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परिक्षण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *