बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङको अध्यक्षमा ११ आकाङ्क्षी

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङको तेस्रो अधिवेशन नजिकिदै छ । संस्थाको ०७९ वैशाखमा सम्पन्न चौथो साधारण सभाले ०८० साउन ६ गतेको लागि निर्वाचनको समय तोकेको थियो ।

खानेपानी संस्थाको निर्वाचनको समय नजिकिदै जाँदा अध्यक्षमा आकाङ्क्षा राख्नेहरु पनि खुल्न थालेका छन् ।

खानेपानी संस्थाका वर्तमान अध्यक्ष हरिप्रसाद श्रेष्ठले यसपटक अध्यक्षमा आफ्नो दावेदारी नरहने बताउँदै गर्दा संस्थाको अध्यक्षमा एक दर्जन भन्दा बढीले दावेदारी प्रस्तुत गरेका छन् ।

संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका जयराम भारी, कृष्णशंकर श्रेष्ठ र सुवास आचार्यको चर्चा छ ।

नेकपा एमालेका तर्फबाट खानेपानी संस्थाका पूर्व अध्यक्ष समेत रहेका केवी राना मगर, पूर्व उपाध्यक्ष रुद्रबहादुर महत क्षेत्री, दयाराम पौडेल, नजराज पौडेल र भुपेन्द्र खड्काको आकाङ्क्षा व्यक्त गर्नुभएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट वर्तमान उपाध्यक्ष निरज शाक्य र रतन मलेपतिको अध्यक्षमा दावेदारी रहेको छ । सुवासचन्द्र राजभण्डारीले पनि अध्यक्षमा आकांक्षा प्रस्तुत गर्नुभएको छ ।

खानेपानी संस्थाले असार १७ गते सञ्चालक समितिको वैठक बसी निर्वाचनको कार्यक्रम सार्वजनिक गर्ने संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो ।

संस्थाका वर्तमान कार्यसमितिसँगै कर्मचारी माथी समय समयमा उठ्ने गरेको बेथिती, अपारदर्शिता, नगरबासीलाई स्वच्छ पानी खुवाउन नसकेको गुनासो जितेर काम गर्नुपर्ने नयाँ समितिलाई चुनौती छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *