मृत्युपछि पनि ठगिन्छन् नेपाली

रोहन जि.सी, बागलुङ

वैदेशिक रोजगार वोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले बैदेशिक रोजगारीको शिलशिलामा मृत्यु भएका आफ्न्तले प्राप्त गर्नुपर्ने राहत रकम पनि दलालले ठग्ने गरेको बताउनुभयो ।

‘विदेश जाने प्रक्रिया थाल्दादेखि ठगिन सुरु गरेका नेपाली, कमाउँदा पैसा पठाउँदा मात्र होइन्, मर्दा पनि ठगिन्छन् रेग्मीले भन्नुभयो,’ ‘विदेशिन नपरोस भन्नेमा सरकार गम्भिर हुनुपर्छ, विदेश जानै पर्याे भने सिप सिकेर जाँदा भैपरी आउँने समस्या कम हुन्छ ।’

वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति गर्ने , अभिमूखिकरण र तालिम लिने, स्वास्थ्य परिक्षण र आधिकारिक संस्थाबाट बीमा गरेर मात्र वैदेशिक रोजगारिका लागि जानुपर्ने उहाँले बताउनुभयो ।

सुरक्षीत वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाह गर्ने संस्था आप्रवासी स्रोत केन्द्र (सामी)ले बागलुङका चार स्थानीय तहका १ सय ६ जना महिला पुरुषलाई विदेश जान नपरोस, गए पनि ठगिन नपरोस भनेर सिप तालिम सिकाएको छ ।

सिप सिकी दक्ष भए स्वदेशमै काम गर्न सकिने र विदेश जानै परे थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएका ९३ जना पुरुष र १३ जना महिलालाई प्लम्बर, ईलेक्ट्रिसियन, हाउस किपिङ र गार्मेन्ट सम्बन्धी तालिम दिएको सामीका कार्यक्रम संयोजक मिनप्रसाद उपाध्याय बताउनु हुन्छ ।

‘वैदेशिक रोजगारीले निम्त्याएका समस्या समधान गर्न पनि काम गर्ने गरेका छौं उपाध्यायले भन्नुभयो २ जना पुरुष सहित ३ सय ९३ जना महिलालाई वित्तिय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गर्याे ।’
‘वित्तिय साक्षरता सम्बन्धी ज्ञान नहुँदा पारिवारीक बेमेल हुने, आत्महत्या सम्मको अवस्थामा पुग्ने गरेको भेटिन्छ,’ सामीका मनोपरामर्शकर्ता मधु शर्मा भन्नुहुन्छ ‘यो आर्थिक वर्षमा मात्र वैदेशिक रोजगारीका कारण आएको वित्तिय समस्या समाधान गर्न नसक्दा आत्महत्याको मुखमा पुगेका १३ जनालाई सेवा दिएका छौं ।

वित्तिय साक्षरताको अभावमा विदेशबाट श्रीमानले पठाएको पैसाको हिसाब राख्न नजान्नु, समाजले लान्छना लगाउनु, अन्य पुरुषसँग बोल्दा, राम्रो लुगा लगाउदा, मिठो खाँदा पनि श्रीमान विदेश भएका महिलाले हिंसा भोग्नु परेको छ, शर्माले भन्नुभयो सहि समयमा उचित परामर्श दिन सकिएन भने परिणाम राम्रो आउँदैन् । उहाँले सामीले व्यक्तिगत रुपमा ९१ जना र सामुहिक रुपमा ३ सय ९५ जनलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरेको बताउनुभयो ।

बागलुङको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाले सुरक्षित आप्रवासन कार्यविधि पारित गरेर स्थानीय स्तरबाटै काम गर्न सुरु गरेका छन् ।

गलकोट नगरपालिकाले स्थानीय पाठ्यपुस्तकको कक्षा ६ मा सुरक्षित बैदेशिक रोजगार सम्बन्धी विषय समावेश गरेर अध्यापन गराउन सुरु गरेको सामीका फोकल पर्सन भिमसेन पन्तले बताउनुभयो ।

स्रोत केन्द्रले महिला पुरुष गरि ८ हजार २ सय २० जनालाई सूचना सेवा प्रदान गरेको, रिट्रनी स्वयसेवक मार्फत ५ हजार ७ सय ४६ जना, १ हजार ७ सय ७१ जनालाई सामुदायिक अभिमुखिकरण मार्फत र २ सय ३२ जनालाई गहन अभिमुखिकरण मार्फत सूचना प्रदान गरेको उल्लेख गरेको छ ।

स्रोत केन्द्रले १२ वटा ठगीका घटनाबाट १ करोड ३ लाख ७१ हजार रुपैयाँ क्षतीपूर्ति रकम फिर्ता गरेको कार्यक्रम संयोजक उपाध्यायले बताउनुभयो । स्रोत केन्द्रमा परेका ४१ ठगीका उजुरी मध्ये २९ वटामाथी काम भइरहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *