अनेरास्ववियु बागलुङले शुरु गर्याे सदस्यता वितरण

मन कुमारी केसी, बागलुङ
अनेरास्ववियु बागलुङले धौलागिरी बहुमुखी क्याम्पस बागलुङबाट सदस्यता वितरण गर्न सुरु गरेको छ ।

आजबाट सदस्यता वितरण शिविर सञ्चालन गरेर क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सदस्यता प्रदान गर्न थालिएको अनेरास्ववियु बागलुङका प्रचार विभाग प्रमुख मनिस कंडेलले जानकारी दिनुभयो ।

एक हप्तासम्म सञ्चालन हुने शिविरको पहिलो दिन १ सय जना विद्यार्थीलाई सदस्यता प्रदान गरिएको कंडेलले बताउनुभयो ।

शिविरको उद्घाटन गर्दै अनेरास्ववियुका केन्द्रिय सदस्य रोशन कुँवरले नेकपा एमालेको जनवर्गिय संगठन मध्यको अग्रणी र क्रियाशिल अनेरास्ववियु भएको भन्दै एमालेका विचार तथा सिद्दान्तलाई जन–जनमा स्थापित गर्नको लागि विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताउनु भएको थियो ।

सदस्यता वितरणको उद्घाटन कार्यक्रम अध्यक्ष रोशन जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष जिसी, केन्द्रिय सदस्य रोशन कुँवर र प्रचार विभाग प्रमुख मनिस कंडेल लगाएतले सदस्यता वितरण गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *