अनुमती विना सञ्चालनमा आएका प्रयोगशाला र मेडिकल हल बन्द

आदर्श अनलाइन, बागलुङ
स्थानीय तहको अनुमती विना सञ्चालनमा आएको बागलुङको एक प्रयोगशाला र मेडिकल हलमा जिल्ला प्रशासन कार्यालय बागलुङले ताला लगाएको छ ।



सोमबार जिल्ला बजार अनुगमन टोलिले गरेको स्वास्थ्य संस्थाको अनुगमनको क्रममा दर्ता विनै सञ्चालन गरिएको बुद्धचित्त आर्युेवेद उपचार केन्द्रको प्रयोगशाला र आधिकारीक स्वास्थ्यकर्मीले औषधी वितरण नगरेको भन्दै सविना मेडिकल हलमा अनुगमन टोलिले ताला गएको हो ।


जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको संयोजकत्वमा, धौलागिरी अस्पताल बागलुङ, बागलुङ नगरपालिका, पर्यटन तथा उद्योग कार्यालय बागलुङ, राष्ट्रिय उपभोत्ता मञ्च बागलुङ, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), उद्योग वाणिज्य संघ, खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालय, आन्तरिक राजश्व कार्यालय बागलुङ सहितको टोलिले सदरमुकामका ९ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेका थिए ।



ताला लगाएको प्रयोगशाला र मेडिकल हल लिखित सर्त बमोजिम पक्रिया पुरा नगरेसम्म नखोलिने प्रशासनले जनाएको छ ।

अनुगमनको क्रममा कुनै पनि स्वास्थ्य संस्था बागलुङ नगरपालिकामा दर्ता गरेको नभेटिएको सहायक प्रजिअ बरालले जानकारी दिनुभयो । क्लिनीक दर्ता नगरि विरामी उपचार गरेको पाइएपछि आशिष मेडिकल हललाई पाँच दिनभित्र दर्ता गर्न लिखित गराएर मेडिकल हलमा विचारी जाच्न राखिएको बेड नगरपालिकालाई नियन्त्रण लिन लगाईएको उहाँले बताउनुभयो ।

बुद्धचित्त आयुर्वेद उपचार केन्द्र, आशिष मेडिकल हल, रोमिन इमरजेन्सी फार्मेसी, धौलागिरी डेन्टल होम, सविना मेडिकल हल, विजया आर्युेवेद फर्मा, लाइफ कियर फिचियोथेरापी क्लिनिक, निलगिरी अस्पतालको अनुगमन गरिएको बागलुङ नगरपालिकाका नगर स्वास्थ्य अधिकारी रामप्रसाद खनालले जानकारी दिनुभयो ।

स्वास्थ्य उपचार गर्ने स्थान फोहोर, औषधी भण्डार गर्ने वातावरण अनुकुल नभएको, जनशक्ति व्यवस्थान र अभिलेखिकरणमा टुक्री, आर्थिक पारदर्शिता समेत नदेखिएको भन्दै स्वास्थ्य संस्थाहरुलाई ५ दिनभित्र सुधार गर्न समय दिइएको छ ।

सहायक प्रजिअ बरालले सोमबारको लागि तय गरिएको अनुगमन सकिएको भन्दै मंगलबारदेखि पुनः अनुगमन सुरु हुने उहाँले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

अनुमती विना सञ्चालनमा आएका प्रयोगशाला र मेडिकल हल बन्द

  1. Yasto aswatha ma medical emergency parera death bhayo bhane jimiwari ka le Line ho, alik Chinta bhayo, parellay Santa dartha pani garna sakthiyo Ki , CDO Saheb KO dhyan jaos…waha afai talented person hunuhuncha

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *