तीज पर्वलाई महिला सशक्तिकरणको रुपमा मनाउनु पर्नेमा उपसभामुख थापाको जोड

रोहन जि.सी, बागलुङ

गण्डकी प्रदेश सरकारका उपसभामुख बिनाकुमारी थापाले तीज पर्वलाई महिला सशक्तिकरण र संस्कृति संरक्षणको रुपमा मनाउनु पर्नेमा जोड दिनु भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङले आयोजना गरेको तीज मेला २०८० को दोस्रो दिन आयोजित मुल समारोहमा बोल्दै उपसभामुख थापाले पछिल्लो समय तीज पर्व भड्किलो हुदै गएकाले यसलाई परिमार्जन गर्नुपर्ने बताउनुभयो ।

उहाँले महिलाको हक, अधिकार स्थापना र समानताका लागि महिलाहरुको एकता र सहकार्य आवश्यक रहेकोमा जोड दिदै नेपालीहरुले मनाउने हरेक पर्वले कुनै न कुनै शिक्षा र सकरात्मक सन्देश दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक प्रजापति पराजुली, गण्डकी प्रदेशका सदस्य कुशुम बुढा, जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्मा, नेकपा एमालेका कार्यालय सचिव अमरबहादुर थापा, निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल र प्रतिष्ठान जिल्ला कार्यसमिति बागलुङका संरक्षक एवँ गण्डकी प्रदेशका सल्लाहकार लक्ष्मण श्रीले शुभकामना मंतव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम प्रतिष्ठान बागलुङ शाखाका अध्यक्ष सरस्वती खड्का परियारको अध्यक्षता, प्रतिष्ठानका प्रथम उपाध्यक्ष शिव शर्माको स्वागत र सचिव सुमन खड्काको संचालनमा सम्पन्न भएको थियो ।

मेलाको पहिलो दिन बिद्यालय स्तरीय नृत्य प्रतियोगिता भएको थियो भने दोस्रो दिन खुल्ला तीज गित प्रतियोगिता भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *