एमाले अध्यक्ष केपी ओलीद्वारा कालिका भगवती मन्दिर दर्शन

आदर्श अनलाइन, बागलुङ
मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बागलुङको प्रशिद्द कालिका भगवती मन्दिरमा विषेश पुजा अर्चना गर्नु भएको छ ।

मुख्य पुजारीद्वारा ओली दम्पत्तीले कालिका मन्दिरमा विषेश पुजा अर्चना गरेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

एमाले अध्यक्ष ओली सहित मन्दिर पुगेका उपमहासचिव प्रदीप ज्ञवाली लगायतको टोलीलाई कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का लगायतले ओली लगायतका नेताहरूलाई स्वागत गर्नुभएको थियो । गुठीको तर्फबाट ओलीलाई मायाको चिनो समेत प्रदान गरिएको छ ।

ओलीले मन्दिरमा राखिएको आगन्तुक पुस्तिकामा सुझाव सहित हस्ताक्षर गर्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *