बौद्धिक अपाङ्गताका अभिभावक संघमा नयाँ नेतृत्व

आदर्श अनलाइन, म्याग्दी

बौद्धिक अपाङ्गताका अभिभावक संघ म्याग्दीमा नयाँ नेतृत्व चयन भएको छ । जमुना पौडेलको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएको हो ।

बेनीमा सम्पन्न भएको १४ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यमिति चयन गरेको हो ।

बौद्धिक अपाङ्गताका अभिभावक संघको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा कृष्णसिङ बानियाँ, कोषाध्यक्षमा चन्द्रबहादुर जिसी र सह–सचिवमा भगवती मल्ल चयन हुनुभएको छ ।

सदस्यहरुमा सेरमति गर्बुजा, बिजुला बानियाँ, सविता श्रेष्ठ, विष्णु बानियाँ शर्मा, लक्ष्मीकुमारी श्रेष्ठ र यशोदा किसान तथा सल्लाहकारमा राधिका परियार चयन हुनुभएको नवनिर्वाचित सचिव कृष्णसिङ बानियाँले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको प्रमुख आतिथ्य रहेको साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा बौद्धिक अपाङ्गताका अभिभावक संघका केन्द्रीय अध्यक्ष राजु बस्नेत, केन्द्रीय सदस्य एवं राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका सहसचिव टिकाराम सापकोटा, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य ममता पौडेल, गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीका अध्यक्ष दिपक पौडेल र बौद्धिक अपाङ्गता अभिभावक स्रोतकक्षा बालजागृति विद्यालय बगुवाखोलाका प्रधानाध्यापक धनबहादुर केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *