बागलुङ नगर खानेपानीको अध्यक्षमा चार जनाको उम्मेदवारी कायम

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षका लागि चार जनाको उम्मेदवारी कायम रहेको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार संस्थाको अध्यक्षका लागि पूर्व अध्यक्ष र वर्तमान तदर्थ समितिका संयोजक सहित ४ जनाको उम्मेवारी कायम रहेको हो ।
संस्थाको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको थियो । निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिन दिएको अन्तिम समयसम्म पनि ४ जनै उम्मेदवारले उम्मेदवारी फिर्ता लिएनन् ।

पुस २८ गते हुने निर्वाचनका लागि निर्वाचन समितिले अध्यक्षमा पूर्व अध्यक्ष केवी राना मगर, वर्तमान तदर्थ समितिका संयोजक जयराम भारी, भुपेन्द्र खड्का र सुवास आचार्यको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

उपाध्यक्षमा रतन प्रसाद मलेपती र हरीबहादुर जिसी (सन्तोष)को उम्मेदवारी कायम रहेको छ । उपाध्यक्षमा उम्मेदवारी दिएका दयाराम पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको छ ।
समितिको सचिवमा जीवन आचार्य र निर्मल बहादुर श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण शर्मा र थानेश्वर सुवेदीको अन्तिम नामावली सार्वजनिक भएको छ ।

दुई जना खुल्ला सदस्यका लागि ७ जनाको उम्मेदवारी कायम रहेको छ । खुल्ला सदस्य पदमा बिर बहादुर थापा, सुनिल कुमार श्रेष्ठ, कुलराज शर्मा, लाल बहादुर केसी, चन्द्रबहादुर सुवेलदी, शिव आचार्य र रामबहादुर बिकको उम्मेदवारी कायम रहेको छ ।

तीन जना महिला सदस्य पदका लागि ७ जनाको उमेद्वारी परको छ । जसमा सुनिता श्रेष्ठ, मञ्जुमायाँ क्षेत्री, कालिका सापकोटा, शिला थापा क्षेत्री, लक्ष्मी थापा, हुमादेवी शार्मा र गुमादेवी श्रीष छन्त्यालको उम्मेदवारी कायम रहेको हो ।

झण्डै ४ हजार खानेपानी उपभोक्ता रहेको नगर खानेपानीमा मतदान गर्ने १ हजार ५ सय २५ जना सदस्य रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *