म्याग्दीमा धारीलो हतियार प्रहारबाट एक जनाको मृत्यु

आदर्श अनलाइन, म्याग्दी

म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार बेलुका अज्ञात पक्षको धारीलो हतियार प्रहारबाट एक जना युवाको मृत्यु भएको छ ।

धारीलो हतियार प्रहारबाट घाइते भएका रघुगंगा गाउँपालिका १ बेगका २१ वर्षिय शुशिल गर्बुजाको मृत्यु भएको हो । बेनी बजारको न्यूरोड क्षेत्रमा झडप हुँदा धारिलो हतियार प्रहारबाट घाइते भएका गर्बुजालाई उपचारका लागि बेनी अस्पताल लगेकोमा अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मदन कुँवरले जानकारी दिनुभयो ।

डिएसपी कुँवरका अनुसार झडपको कारण नखुलेको र आक्रमणकारीको खोजी भै रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *