श्रीरामानुज आश्रमलाई बागलुङ एकता क्लबको खाद्यान सहयोग

रोहन जि.सी, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर १ खनियाघाट स्थित श्री रामानुज आश्रमलाई बागलुङ एकता क्लबले खाद्यान सहयोग गरेको छ। आश्रमलाई बागलुङ एकता क्लबले २० हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको हो।

बागलुङ एकता क्लबका अध्यक्ष इन्सान थापा सहितका पदाधिकारीले श्री रामानुज आश्रमलाई खाद्य सहयोग गरेका हुन्। उक्त हस्तान्तरण कार्यक्रममा क्लबका सचिव रमेश भण्डारी, कोषाध्यक्ष बिदुर खड्का, सह-सचिव स्वदेश बुढाथोकी, सदस्यहरु अनुप प्रधान, साहिल खड्का, प्रविम थापा, निश्चल थापा, राजिव पौडेल, सल्लाहकार सुरज खड्का लगायतको सहभागिता रहेको बागलुङ एकता क्लबका उपाध्यक्ष सन्तोष मल्लले जानकारी दिनुभयो।

बागलुङ एकता क्लब २०७९ स्थापना भएको हो। क्लबले जिल्ला भित्र सामाजिक, रचनात्मक, सिर्जनात्मक, सांस्कृतिक कार्यक्रम गर्दै आएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *