बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २५ जना घाइते

आदर्श अनलाइन, बागलुङ

बागलुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ६ स्थित जाउलेपानीमा रात्रिवस दुर्घटना हुँदा ७ जनाको मृत्यू भएको छ भने २० जना घाइते भएका छन्।

पश्चिम रुकुमबाट काठमाडौंको लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो । दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो । उहाँले दुर्घटनामा २०/२५ जना घाईते रहेको बताउनुभयो । घाईतेहरुको प्रहरी र स्थानीयले उद्धार गरी उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको प्रहरी निरीक्षक विकले जानकारी दिनुभयो ।

बस मध्यपहाडी लोकमार्गबाट १ सय ५० मिटर तल खसेको प्रहरी निरीक्षक विकले बताउनुभयो । घटनामा घाईतको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् । मृत्तक र घाईतेहरुको नामावली खुल्न सकेको छैन । साँझको बेला भएको उद्धारमा समस्या भइरहेको प्रहरी निरीक्षक विकको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *