बागलुङ कालिका भगवती गुठीको बैशाख महिनाको हिसाब सार्वजनिक

आदर्श अनलाइन, बागलुङ

नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले २०८१ बैशाख महिनाको हिसाबकिताब सार्वजनिक गरेको हो ।

भगवती गुठीको सम्पन्न बैठकले बैशाख महिनामा ५८ लाख २४ हजार ७सय २८ रूपैयाँ आम्दानी र खर्च तर्फ ७२ लाख ५३ हजार १ सय ६५ रूपैयाँ भइ १४ लाख २८ हजार ४ सय ३७ रूपैयाँ बढी खर्च भएको हिसाब अनुमाेदन गरेको छ ।

बैशाख महिनामा कालीका मन्दिरबाट भेटि बापत ३२ लाख ४० हजार ३५ रूपैयाँ, चामल बिक्री बाट १ लाख ८७ हजार ५ सय रूपैयाँ, भाडा ५ लाख ९ हजार ९ सय, विवाहबाट ७ हजार ५ सय, आर्थिक सहयोग १ लाख ४६ हजार २ सय ४३ रूपैयाँ, ब्रतबन्ध २ हजार ७ सय रूपैयाँ, पण्डित १७ हजार २ सय रूपैयाँ, पिकनिक बाट ४९ हजार ५ सय रूपैयाँ, बाेका बाट २ लाख ८२ हजार ५ सय रूपैयाँ, कुखुराबाट ४६ हजार ६ सय ५०, राँगाबाट १९ हजार, परेवा बिक्रीबाट १३ लाख १६ हजार २ सय ५० रूपैयाँ आम्दानी भएको काेषाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

यस्तै कालीका मन्दिरको खर्च तर्फ चैत्राष्ठमी मेला १० लाख रूपैयाँ, तलब ७ लाख ४९ हजार ७ सय ५० रूपैयाँ, पुर्वाधार विकास तथा निर्माण १५ लाख ७८ हजार ९ सय, खाध्यान्न तथा आवास ८१ हजार, विज्ञापन ५ हजार, आर्थिक सहयोग २९ हजार, मेसिनरी तथा उपकरण खर्च २६ लाख २९ हजार खर्च, विद्युत ३७ हजार ५ सय, अतिथि सत्कार ३ लाख ८९ हजार, सांस्कृतिक कार्यक्रम तथा भजनमा ३ लाख ६० हजार ९ भएको काेषाध्यक्ष खड्काले बताउनुभयो ।

कालीका गुठीले भने हरेक महिनाको पहिलाे साता मन्दिरमा भएको आम्दानी र खर्चको हिसाबकिताब सार्वजनिक गर्दै आएको अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्