श्रम बेचेर बस्तु आयातले अर्थतन्त्र समस्यामा : पूर्व प्रधानमन्त्री भट्टराई

आदर्श अनलाइन, बागलुङ

पूर्व प्रधामन्त्री डा. बाबुराम भट्टराईले आर्थतन्त्रको विकासका लागि बस्तु आयातमा जोड दिनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाल श्रम बिक्रि गर्ने मुलुकका रुपमा रहेको भन्दै बस्तु आयात गरेर श्रम विक्रि गर्दा अर्थतन्त्रमा समस्या आउने गरेको बताउनुभएको छ । बस्तु उत्पादनमा हाम्रो ध्यान जान सके श्रम विक्रि रोकिने उहाँको तर्क छ ।

बागलुङ उद्योग वाणिज्य संघ बागलुङले आज आयोजना गरेको नेपालको अर्थतन्त्रमा वर्तमान परिदृश्य र अबको यात्रा विषयक अन्तर संवाद कार्यक्रममा आफ्नो धारणा राख्दै पूर्व अर्थमन्त्री समेत रहनुभएको भट्टराईले नेपालले तिब्र विकास चाहेको बताउदै बस्तु उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।

“नेपाल विकासमा १० गुणा पछि परेको छ, जस्को कारण निरपेक्ष रोजगारी, व्यापार घाटा, बस्तुभन्दा श्रम बढी विक्रि हुँनु र असमानता हो” भट्टराईले भन्नुभयो “निरासावादीमात्रै भएर हुँदैन केही आशाका किरण समेत नेपालमा छन्, मध्यपहाडी लोकमार्ग जस्ता ठूला सडकले नेपालको समृद्धमा सहयोग पु¥याएको र बस्तु निर्यातको बाटो खुलेको छ ।”

उहाँले नेपालको अर्थतन्त्रमा चरम निराशावादी हुनुपर्ने अवस्था नरहेको भन्दै समृद्धिको यात्रमा उत्पादन बढाउने, उद्योग धन्दा खोल्ने र रोजगारी स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले बागलुङ जिल्लाका नागरिक छिटो व्यवसायिक बन्ने गरेको थुप्रै उदाहरण रहेको बताउदै बागलुङका नागरिक संसारको कुना–कुनामा गएर व्यवसाय गर्न सफल भएको बताउनुभयो । उहाँले बागलुङमा मध्यपहाडी पुष्पलाल लोकमार्गका कारण धेरै राम्रो विकास भएको बताउनुभयो । उहाँले अहिलेको अर्थतनत्रलाई सुधार गर्दै लैजानका लागि नीजि क्षेत्र र सरकार एक जुट भएर अगाढी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

अन्तर संवाद कार्यक्रममा बागलुङ जिल्लाका पालिका प्रमुख, उपप्रमुख, जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, राजनितिक दल, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरु, सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेलको स्वागत, महासचिव ऋषिराम गौतमको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यको समापनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *