क्षत्री समाज बागलुङको १७ औँ वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

मन कुमारी केसी, बागलुङ
क्षत्री समाज नेपालका अध्यक्ष रिबबहादुर थापाले सम्पूर्ण खस क्षेत्रीलाई समाजमा आवद्ध हुन आव्हन गर्नु भएको छ ।

क्षत्री समाज बागलुङको १७ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले क्षत्रीका हकहित, संरक्षण र जातिय पहिचानका लागि राज्यसँग लड्दै आएको बताउँदै देशभरका क्षत्रीहरु एकठाउँमा उभिनु पर्ने बताउनु भएको हो ।

शनिबार बागलुङमा आयोजना गरिएको साधारण सभा सहित बनभोज कार्यक्रममा बोल्दै थापाले खस क्षत्रीहरुले देशका विभिन्न ठाउँमा विभिन्न नाममा पहिचानका लागि समाज गठन गर्दै आएको भएपनि सबैको साझा घर क्षत्री समाज नेपाल भएको भन्दै पहिचानका लागि संघर्ष एकठाउँ उभिएर गर्नु पर्ने बताउनु भएको थियो ।

साधारण सभामा क्षत्री समाज नेपालका महासचिव कृष्णबहादुर थापा, सम्पूर्ण राजनीतीक दलतका तर्फबाट नेकपा एमाले बागलुङका अध्यक्ष तथा क्षत्री समाज बागलुङद्वारा आयोजित महायज्ञका विशिष्ठ चन्दादाता हिराबहादुर केसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

विभिन्न क्षेत्र र संघ संस्थाबाट मान, पदावी प्राप्त गरेका, संघ संस्थामा निर्वाचित भएका र समाजको आजीवन सदस्य लिएका व्यक्तीहरुलाई सम्मान गरिएको थियो ।


विभिन्न संघ संस्थामा रही समाज र धार्मिक क्षेत्रमा सहिष्गुणता बढाउन भूमिका खेलेको भन्दै मानर्थ डाक्टर पदबाट विभूषित भएका बागलुङ भगवती गसठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्का र चन्द्रबहादुर केसीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी समाजको आजीवन सदस्य रही समाजले प्रदान गरेका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै मनोज केसी र कार्यालय सचिव दिपिका खड्कालाई सम्मान गरिएको थियो ।

त्यसैगरी नेपाल पत्रकार महासंघ बागलुङको मंसिर २८ गते सम्पन्न निर्वाचनबाट क्षत्री पत्रकार समाज बागलुङका उपाध्यक्ष सिर्जना पन्त महासंघको उपाध्यक्ष र सचिव अर्जुन कार्की महासंघको कार्यसमिति सदस्य पदमा निर्वाचित भएकोमा बधाई तथा सम्मान गरिएको थियो । क्षत्री पत्रकार समाज बागलुङका अध्यक्ष राम थापा पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भएको भए पनि विषेश कारणले सम्मान ग्रहण गर्न छुटेको हुँदा अन्य कार्यक्रममा प्रदान गरिने समाजका अध्यक्ष रुद्र महतले बताउनु भयो ।

साधारण सभाले क्षत्री समाज बागलुङका अध्यक्ष रुद्रबहादुर महतले प्रस्तुत गरेको प्रतिवेदन, सचिव कविराज क्षत्रीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पम्फा खड्काले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

साधारण सभा तथा बनभोज कार्यक्रममा क्षत्री कलाकार समाज गण्डकीका अध्यक्ष कृष्ण अखेलीले साँगितीक प्रस्तुती राख्नु भएको थियो ।

कार्यक्रम क्षत्री समाज बागलुङका अध्यक्ष रुद्र महतको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष शिवकला थापाको स्वागत मन्तव्य र सचिव कविराज क्षत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *