काठेखोला गाउँपालिकाले माछा संरक्षणका लागि ल्यायो जलचर ऐन

आदर्श अनलाइन, बागलुङ

बागलुङको काठेखोला गाउँपालिकाले जलचर संरक्षण विधेयक पारित गरेको छ ।
काठेखोला गाउँपालिकाले १६औ गाउँसभा मार्फत जलचर संरक्षण विधेयक पास गरिएको छ ।

काठेखोलामा पाईने असला माछा संरक्षणाका लागि जलचर संरक्षण ऐन ल्याईएको काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले काठेखोलामा पाईने असला माछा संरक्षण गर्ने, विष तथा करेन्टबाट माछा मार्न नपाईने र फुल पार्ने समयमा माछा मार्न नपाईने जानकारी दिनुभयो ।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष राजु थापाले अर्धवार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले सम्झौता भएका १३३ योजना मध्ये २३ योजना सम्पन्न गरिएको छ । थापाले अछेते भिमा पोखरा सडक स्तरोन्नती, २०० विपन्नको स्वास्थ्य बीमा लगायतको काम गरेको बताउनुभयो ।

उहाँले पूँजिगत तर्फ अर्धवार्षिक रूपमा जम्मा १९ प्रतिशत प्रगति भएको बताउदै समग्रमा ३४ प्रतिशत प्रगति भएको बताउनभयो । उहाँले दुधमा साढे दुई रूपैया र खसी बोकाको मासुमा प्रतिकेजी १० रूपैया अनुदान दिईएको बताउनुभयो । यस्तै एक हल गोरूलाई पाँच हजारका दरले पोषण खर्च दिने बताउनुभयो ।

कर्मचारी व्यवस्थापन कार्यविधि विधेयक सुशासन तथा संस्थागत विकास समितिका संयोजक बृहस्पती कंडेल प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयक सर्वसम्मतिले पास गरिएको थियो ।

वन, बातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक ज्ञामनाथ कंडेलले सभामा प्रस्तुत गरिएको
जल चर तथा जलीय जैविक विविधता संरक्षण ऐन २०८१ पारित गरिएको थियो ।

जलचर संरक्षण ऐनमा करेन्ट लागेर माछा मार्न नपाईने, विष हाल्न नपाईने र दुवाली थुन्न नपाईने उल्लेख गरिएको छ ।

विद्यालय व्यवस्थापन सम्बन्धी प्रस्ताव उपाध्यक्ष तेज बहादुर थापाले सभामा पेश गर्नु भएको छ । विद्यालय स्थगन र समायोजन गर्न थालिएको थापाले बताउदै महालेखाले समेत उल्लेख गरेकाले समायोजन तथा स्थगन र समायोजन गरिने बताउनुभयो ।

यस्तै गाउँपालिकाले विभिन्न क्षेत्रमा उल्लेख्य योगदान गर्ने १२ जानलाई सम्मान गरेको थियो । एसइइ र कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने सामुदायिक विद्यालय धारा माध्यमिक विद्यालय तंग्राम, अलैची किसान काठेखोला—४ तंग्रामका भिबहादुर जोल्मी, काठेखाला—२ भिमापोखराका फर्निचर व्यवसायी पूर्णबहादुर थापा, जननिगरानी साप्ताहिक पत्रिकामा काठेखोला गतिविधि प्रस्तुत गर्ने पत्रकार खिमबहादुर कार्की, काठेखोला—१ का फलफुल किसान गोरी थापा, पशुपालक किसान लालबहादुर घर्ती, पुशपपित कापी उद्योगका सञ्चालका राजु सापकोटालाई सम्मान गरको हो ।

त्यस्तै सुन्तला कृषक लोकनाथ कँडेल, लेखानीका कृषक लिलाधर कँडेल, चियाखेती गर्ने काठेखोला—७ रेशका यामबहादुर कार्की, खेलकुद क्षेत्रमा योगदान गर्ने रेशका दिलबहादुर कार्की र राष्ट्रपति रनिङ प्रतियोगिताको विजेता अमर नमुना माध्यमिक विद्यालयलाई सम्मान गरिएको छ ।

उनीहरुलाई काठेखोला गाउँपालिका अध्यक्ष राजु थापा, उपाध्यक्ष तेजबहादुर थापा तिलक र प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले दोसल्ला, मायाको चिनो र सम्मानपत्रले सम्मान गरेका थिए । सम्मान कार्यक्रमको सञ्चालन काठेखोला गाउँपालिकाका प्रशासन शाखाका मनोज कार्कीले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *