आदित्य प्रतिभा स्मृति प्रतिष्ठानद्वारा सम्मान र छात्रवृत्ति घोषणा

आदर्श सञ्चार, बागलुङ
आदित्य प्रतिभा स्मृति प्रतिष्ठान बागलुङले छात्रवृत्ती घोषणा तथा सम्मान समारोह सम्पन्न गरेको छ । स्वर्गीय आदित्य पन्तको स्मृतीमा उहाँको परिवारले स्थापना गरेको प्रतिष्ठानले २ जना समाजसेवीलाई सम्मान तथा अभिनन्दन गरेको हो ।

२०६५ सालमा १५ वर्षको उमेरमा निधन भएका आदित्यको सम्झनामा स्थापित प्रतिष्ठानले १८ आँै स्मृति दिवसका अवसरमा बागलुङका समाजसेवी देव वहादुर श्रेष्ठ र मुस्ताङका कल्पना शेरचन लाई अभिनन्दन पत्र सहित दोशल्ला ओढाएर सम्मान गरेको हो ।

त्यस्तै यसवर्षको यसवर्ष स्नातक उर्तिण गरेका काठेखोला गाउँपालिकाकी मञ्जु अधिकारी र जैमुनीकी सिर्जना बिकलाई प्रदान गरिएको छ । वि.स २०६५ सालमा स्थापित संस्थाले जेहेन्दार, विपन्न तथा दलित विद्यार्थीलाई वार्षिक रुपमा छात्रावृत्ति प्रदान गदै आएको छ ।

प्रतिष्ठानले यसवर्षदेखि छात्रवृत्ति प्रदान गर्ने गरि २ जना विद्यार्थीको नाम घोषणा गरेको छ । बागलुङ नगरपालिका १४ गणेश माध्यामिक विद्यालयको कक्षा ११ मा अध्यनरत प्रतिक श्रेष्ठ र काठेखोला गाउँपालिकाका धौलागिरी बहुमुखी क्याम्पसमा विए प्रथम वर्षमा अध्यनरत रोशनी खड्कालाई स्नातक तहसम्म अध्यनका लागि छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको हो । प्रतिष्ठानले हालसम्म ४८ जना छात्र छात्रालाई प्लस टु अध्यनका लागि र ८ जना छात्रछात्रालाई स्नातक तह अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिसेको छ ।

सो अवसरमा आदित्य नामक शोककाव्यको विमोचन गरिएको थियो । शोक काव्यको विमोचन धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख सहप्रध्यापक डा.सुर्दशन सिलवालले गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहाँले आदित्य स्मृति प्रतिष्ठानले स्थापना गरेको कोषले शिक्षा तथा समाजसेवामा महत्वपुर्ण योगदान पुर्याएको वताउनुभयो । कार्यक्रममा सम्मानित व्याक्तित्वको जीवनी बारे प्राज्ञ प्रेम छोटाले जानकारी गराउनुभएको थियो भने शोककाव्यको टिप्पणी डा.गणेश प्रसाद शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा आदित्य शोककाव्यका लेखक राम प्रसाद सुवेदी, धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजिरोशन, सम्मानित व्याक्तित्व देबबहादुर श्रेष्ठ, बाबुराम सरस्वती स्मृति प्रतिष्ठानका संरक्षक राजन कुमार शाक्य र सृजना विकले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम प्रतिष्ठानका अध्यक्ष विजयराज पन्तको अध्यक्षता, उपाध्यक्ष महेशचन्द्र प्रधानको स्वागत, सदस्य विश्वनाथ रेग्मीको धन्यवाद मन्तव्य र पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *