मन कुमारी केसी, बागलुङ
११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजना गरिएको २ दिने महिला सशक्तिकरण तालिम सम्पन्न भएको छ ।
जैमिनी नगरपालिका वडा नम्बर ५ विनामारेको आयोजनामा भएको तालिमा वडाका जनप्रतिनिधि, बाल क्लबका प्रतिनिधी र स्थानीय महिला गरि ५० जनाको सहभागिता रहेको थियो ।

तालिममा अधिवत्ता गीता श्रीषले कानुनी सचेतना, प्रशिक्षक प्रकाश अधिकारीले बोल्ने कला, जात व्यवस्था र पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सिर्जना पन्तले महिला सशक्तिकरण र मानवअधिकारका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
तालिमको समापन समारोहमा बोल्दै वडा अध्यक्ष ठगबहादुर क्षेत्री थापाले समुन्नत वडा निर्माणको लागि महिलाहरु शसक्त हुनुपर्ने बताउनु भएको थियो । उहाँले वडाका महिलालाई सचेत बनाउन, उत्पादनमा जोड्न र उद्यमी बनाउन वडाले कार्यक्रम र योजना ल्याउने बताउँदै सक्रिय सहभागिताका लागि अनुरोध गर्नु भएको थियो ।

सो अवसरमा वडा सदस्य गीता कुमारी विक, सहभागिका तर्फबाट लक्ष्मी सुनार, बाल सञ्जालका अध्यक्ष अन्सिका पाण्डे लगाएतले बोल्नु भएको थियो ।
समापन समारोह वडा सचिव रुद्र बहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
