आदर्श सञ्चार, बागलुङ
जैमिनी नगरपालिका २ दमेकको गौडामा आगलागी भएको छ । आगलागी हुँदा गंगाबहादुर ठकुरीको बाख्रा फर्म, भैसीको गोठ र प्रेमबहादुर क्षत्रीको पुरानो धन्सार जलेर नष्ट भएको छ ।
ठकुरीले खरबारी पन्छाएर झाँडीमा लगाएको आगो हावाहुरीले बाख्राको खोर र गोठसम्म पु¥याएको थियो । आगलागीबाट २ वटा खानेपानी आयोजनाको करिब ८ सय मिटर पाइप समेत जलेर नष्ट भएको जैमिनी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख विवेक सापकोटाले जानकारी दिनुभयो ।
गोठ र खोरमा आगलागी भएपनि समयमै नगरपालिका र प्रहरीलाई सूचना पुर्याउँदा ठूलो धनजनको क्षती हुनबाट जोगिएको छ । स्थानीयले खबर गरेको १० मिनेटमै प्रहरी चौकी कुश्मिसेराबाट प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद अधिकारीको नेतृत्वमा पुगेको ४ जना प्रहरीको टोली, जैमिनी नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख इन्जिनियर विवेक सापकोटा सहित नगरपालिकाबाट समेत आगो नियन्त्रणका लागि टोली पुगेको थियो ।
प्रहरी, जनप्रतिनिधी, कर्मचारी र स्थानीयको सहयोगमा करिब १ बजे लागेको आगो साढे २ बजे नियन्त्रणमा आएको थियो ।
नगरपालिलकाले तत्काल अस्थाई व्यवस्थापनका लागि त्रिपाल प्रदान गरेको छ ।
आगलागीबाट पशुचौपाया, अन्नपात र मानविय क्षती हुन बाट जोगाउन सकिएको भएपनि गर्मी मौसम सुरु भएसँगै हावाहुरी लाग्न थालेकाले खेतबारी र झाँडीमा जथाभावी आगो नलगाउन प्रहरी सहायक निरिक्षक विष्णु प्रसाद अधिकारीले आग्रह गर्नु भएको छ ।
आगलागीबाट भएको क्षतीको पूर्ण विवरण आउन बाँकी रहेपनि ठूलो क्षती हुनबाट जोगिएको भन्दै उहाँले सधै समय एकनास नहुने भन्दै सचेत हुन आग्रह गर्नु भएको हो ।