आदर्श सञ्चार, बागलुङ
बागलुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजन शाक्य विजयी भएका छन् ।
अध्यक्षका प्रत्याशी उमाकान्त शर्मा (बाबु)लाई १ सय २५ मतको अन्तरले पराजित गर्दै शाक्य अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिबार सम्पन्न संघको १९ औँ अधिवेशनमा १ हजार ४ सय १६ मतदाता रहेकोमा १ हजार १ सय ८७ मत खसेको थियो ।
शाक्यले ६ सय ४४ मत प्राप्त गर्दा शर्माले ५ सय १९ मत प्राप्त गरेका छन् ।
बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा राजन शाक्य विजयी
