जेष्ठ नागरिक र विद्यार्थीको आँखा जाँच

आदर्श अनलाईन, बागलुङ
जेष्ठ नागरिक र विद्यार्थीलाई लक्षीत गरेर गल्कोट नगरपालिका वडा नम्बर ११ रिघामा एक दिने सामुदायिक आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा २ सय ७५ जनाको आँखाको चेकचाँच गरिएको थियो ।

आँखाको जाँच गराईका मध्ये ७ जनाको आँखाको शल्यक्रिया गर्नुपर्ने देखिएको नेपाल नेत्रज्वती संघ बागलुङका सभापती भरत पुरीले बताउँनुभयो । आँखाको अस्पताल सम्म आइपुग्न नसक्ने जेष्ठ नागरिकलाई लक्षीत गरेर गाउँमै पुगेका हौं, पुरीले भन्नुभयो शल्यक्रिया गर्नु पर्ने अवस्था देखिएका विरामीको असोज २६ र २७ गते नेपाल नेत्रज्वती संघ बागलुङमा शल्यक्रिया गरिने छ । आँखा जाँच कार्यक्रममा ९० वर्षको उमेर सम्मका जेष्ठ नागरिकले सेवा लिएको पुरीले बताउँनुभयो । अन्य विरामीलाई निशुल्क औषधी वितरण गरिएको छ ।

रिघा स्वास्थ्य चौकी र गल्कोट नगरपालिका वडा नम्बर ११ को आयोजनामा भएको आँखा जाँच कार्यक्रममा गल्कोट नगरपालिका मेयर भरत शर्मा गैरे, गल्कोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष नारायण ध्वज मल्ल लगाएतले बोल्नुभएको थियो । नेपाल नेत्रज्वती संघ बागलुङले प्राविधिक र गल्कोट आँखा उपचार केन्द्रले व्यवस्थापकीय सहयोग सम्पन्न कार्यक्रमको अध्यक्षता वडा नम्बर ११ का वडा अध्यक्ष डम्बर श्रीषले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *