नेकपाले छान्यो उम्मेदवार, कास्कीमा विद्या, बागलुङ राजमोलाई समर्थन

आदर्श अनलाईन, काठमाडौं । ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेदवार छनोट गरेको छ ।

नेकपाको आइतवार सांझ बसेको सचिवालय वैठकले कास्की क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रदेशसभा सदस्यका लागि बागलुङ क्षेत्र नं. २ (ख) मा राष्ट्रिय जनमोर्चाका उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा विमला वली र भक्तपुर १ (क) मा देवी प्रसाद ढकाललाई उमेदवार बनाउने निर्णय भएको छ । तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएका कारण हुन लागेको कास्की क्षेत्र नं. २ मा रविन्द्र पत्नी विद्यालाई नेकपाले उम्मेदवार बनाएको छ । नेकपा कास्कीले विद्यालाई सर्वसम्मत उमेदवारका रुपमा सिफारिस गरेको थियो । प्रदेश कमिटिले २ जना थप गरेर पठाएको थियो ।

सचिवालयले रविन्द्र पत्नी विद्यालाई नै उमेदवार बनाउने निर्णय गरेको हो । यस्तै दाङ ३ (ख) मा निर्वाचित उत्तर कुमार वलीको निधन भएका कारण उपनिर्वाचन हुन थालेको हो । उक्त निर्वाचन क्षेत्रमा पनि नेकपाले वली पत्नी विमला वलीलाई उमेदवार बनाउने निर्णय गरेको हो । यस्तै धरान उपमहानगरपालिकाको प्रमुखमा प्रकाश राईलाई उमेदवार बनाउने निर्ण गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *