साधना पन्त, बागलुङ
ज्ञानेन्द्र कायत, जस्ले जीवनका महत्वपूर्ण १४ वर्ष साउदी अरवमा विताउँनुभयो । परिवार र देश छोडेर पहिले पटक साउदी पसेको ९ वर्ष पछि घर फर्कदा पनि उहाँको मनमा विदेश मोहनै थियो । त्यही मोहले उहाँलाई पुन ५ वर्ष साउदीमा ड्राइभर बनायो ।
तर दुई वर्ष पहिले घर र्फकदा उहाँले विदेश जाने सपना साउदीमै त्यागेर आएको बताउँनुहुन्छ । हातमा सिप थियो तर साथमा परिवार थिएन, ढोरपाटन नगरपालिका–७ बोबाङका ३६ वर्षीय ज्ञानेन्द्र भन्नुहुन्छ अव विदेश र्फकिन्न भन्ने संकल्प साउदिमै गरेर घर आएको थिए त्यही सपनाले अहिले व्यावसायिक बन्न सिक्दैं छु । विदेशबाट र्फकिएपछि पनि उहाँले केहि समय ढोरपाटन–बुर्तिवाङ सडकमा सवारी चलाउँनुभयो ।
जीवनभर विदेशकीको गुलामी गरे नेपाल र्फकिए पछि पनि अरुकै काम गर्दा खासै परिर्वतनको महशुष भएन त्यसैले अहिले गाउँमै लोकल कुखुरा पालेको छु उहाँले भन्नुभयो । ज्ञानेन्द्रको कुखुरा पाल्ने र बेच्ने मात्र होइन, कुखुराका अण्डा र चल्ला उत्पादन गर्ने योजना छ । काठमाडौं बाट लोकल साखिनी जातका ४ सय २० वटा कुखुराका चल्ला ल्याएर व्यावसायिक जीवन सुरु गरेको तीन महिना वितेको छ, ज्ञानेन्द्र भन्नुहुन्छ चल्ला संगैं सपनाहरु पनि बढिरहेका छन् ।
ज्ञानेन्द्रले पालेका कुखुराले पाँच महिनाबाट अण्डा दिन सुरु गर्नेछन् । घरमै खोर निर्माण गरेर कुखुरा पाल्न थालेका उहाँले अहिलेसम्म २ लाख २२ हजार रुपैया लगानी भयसकेको बताउँनुहुन्छ । पहिलो लटमा आम्दानीको आश गरेको छैन, ज्ञानेन्द्रले भन्नुभयो दोस्रो र तेस्रो लटबाट बल्ल आम्दानी सुरु हुनेछ ।
गाउँ गाउँबाट लोकल प्रजातिका कुखुराहरु हराई सकेको समयमा मैले काठमाडौं देखि चल्ला ल्याएर पाल्न सुरु गरेको छु, ज्ञानेन्द्रले भन्नुभयो मैले तत्काल ठुलो आम्दानी खोजेको छैन तर भविश्य राम्रो देखेको छु ।