स्वास्थ्य केन्द्र मातहतका स्वयम सेविकाहरु सम्मानित

सुमन सुनार, बुर्तिवाङ
डिसेम्बर ५ तारिख अर्थात अन्तराष्ट्रिय स्वयम सेवक तथा १६ औँ महिला स्वास्थ्य स्वयम सेविका दिवस ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ÷संस्थाहरुले देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । गाउँ नगरमा महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम भमिका भन्ने मुल नारा सहित दिवस मनाइएको हो ।


यसै सन्दर्भमा जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रले पनि दिवस मनाएको छ । दिवसका अवसरमा स्वास्थ्य केन्द्र मातहतका २५ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गरिएको छ । स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै उनिहरुलाई सम्मान–पत्र सहित खादा र अबिर लगाएर सम्मान गरिएको थियो । सोही अवसरमा फेयरमेडद्धारा उत्ृकष्ट ३ महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले महिला स्वास्थ्य स्वयंसेविकाहरु घर–घरको डाक्टर भएको बताएका थिए । स्वयंसेविकाहरुले समुदायमा राम्रो सेवा पु¥याएको भएपनि राज्यले उनिहरुको कामको सहि मुल्याकङ्क गर्न नसकेको बताएका थिए ।

यस्तै महिला स्वास्थ्य स्वयम सेविकाहरुले सरकारले उचित सेवासुविधा नदिएको गुनासो गरेका छन् । आफूहरुको कामको तुलनामा पाउने सुविधा निकै कम भएको भन्दै राज्यले बेवास्ता गरेको बताएका थिए । साथै स्वयंम सेविकाहरुले स्थानिय निकायबाट समयसापेक्ष पुनर्ताजगी तालिमका साथै विभिन्न गोष्ठी लगायत हुन सक्ने सहयोगको माग गरेका छन् ।

स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सिता कँडेल, स्वास्थ्य केन्द्र प्रमुख तथा मेडिकल अधिकृत डा. मिलन मल्ल, फेयरमेडद्धारा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परीयोजनाकी केर्डिनेटर जानकी पाठक, स्वयम सेविका गमी बुढा मगर र खगिसरा पाण्डेले बोल्नुभएको थियो ।
ढोरपाटन नगरपालिका वडा नं. १ का वडा अध्यक्ष एवं स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चित्र बहादुर भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा स्थानिय समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन भने स्वास्थ्य केन्द्रकी स्टाफ नर्स पार्वती अर्यालले गर्नुभएको थियो ।

स्वयंम सेविकाहरुले बालबालिकारुमा लगाईने विभिन्न प्रकारका खोप, भिटामिन, गर्भवतिलाई सहयोग, परिवारनियोजनका साधनको वितरण, झाडापखाला, मातृ शिशुको स्वास्थ्य, श्वास प्रश्वासको रोगको प्राथमिक उपचार, स्वास्थ्य शिक्षा प्रदान गरी जनचेतना फैलाउने लगायत स्वास्थ्य क्षेत्रमा सक्रिय भुमिका निभाउँदै आएका छन् ।

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान गरेको भन्दै पुरस्कृत गर्दै आएको छ । स्वयसेविकाको उच्च सम्मान गर्दै २०६४ देखि वर्षेनी असोज १५ गतेलाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको भएपनि स्वयंसेवालाई अझ मर्यादा र प्रोत्साहन गर्दै अन्तराष्ट्रिय स्वयंसेवक दिवस डिसेम्बर ५ तारिखलाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउन थालिएको हो ।

आजभन्दा झन्डै ३० वर्ष पहिले हरेक वडामा १ जनाका दरले परिचालित हुनेगरी सुरु भएको महिला स्वास्थ्य स्वयंसेविकालाई आफ्नै वडामा तालिम र प्राथमिक उपचारका औषधि समेत प्रदान गरी खटाइएको हो । तर पछि जनसंख्याको आधारमा पहाड र तराईमा क्रमशः ५ सय र २ सय ५० जनसंख्यामा १ जनाका दरले छनोट गरी परिचालित गरिएका छन् । हालसम्म देशका ग्रामीण तथा सहरीक्षेत्रमा गरी ५१ हजार भन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *