बागलुङ रामरेखाको विद्यालयमा २० शैयाको क्वारेन्टाइन

आदर्श अनलाईन, बागलुङ

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नको लागि बागलुङमा तयारी तिब्र पारिएको छ ।

स्वास्थ्यकर्मी, नेपाल आर्मी र नेपाल प्रहरीको टोलीले तिव्रताको साथमा क्वारेन्टाइन निर्माण गरिरहेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखामा रहेको रामरेखा आधारभुत विद्यालयमा २० शैयाको क्वारेन्टाइन निर्माण भइरहेको प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले बताउनुभयो । ‘अहिले सम्म हाम्रोमा संक्रमित व्यक्ति भेटिनुभएको छैन, शैंजुले भन्नुभयो, तर तयारी गरेर बस्नुपर्छ यो आत्तिने बेला होइन, सचेत र सजग बनेर बस्नुस ।’

बागलुङ उद्योग वाणिज्य संघको पहलमा सृष्टि फर्निचर, मनोविज्ञान स्टोर्सले क्वारेन्टाईन निर्माणको लागि आवश्वक म्याट, सिरानी उपलब्ध गराएको उद्योग वाणिज्य संघका महासचिव नरेश कंडेलले बताउनुभयो ।

विपतमा एकताको सन्देश दिनको लागि आफुहरुले सानो सहयोग गरेको सृष्टि फर्निचरका प्रोपाईटर ऋषिराम गौतमले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *