काठेखोला : विकास निर्माणमा स्थानीय मजदुरलाई प्राथमिकता


आदर्श अनलाईन, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउपालिकाले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर थापाले सातौं गाउँसभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । गाउँपालिकाले कोरोना नियन्त्रण, पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको छ । कोभिड १९ बाट सिर्जित संकट व्यवस्थापनका लागि स्वास्थ्यकर्मि तथा जनशक्तिलाई सुरक्षा सामाग्रीको ब्यवस्थापन, दैवि प्रकोपबाट वचाउन निर्माण गरिएका संरचनाको विमा कार्यक्रम, ग्रामिण सडक ग्रावेल, ढलान र कालो पत्रे जस्ता काम गर्नका लागि पहिलो प्राथमिकता, मार्गदर्शन बमोजिम स्थानिय श्रोत, जनशक्ति, साधन र जनसहभागिता परिचालनमा बिशेष जोड दिई रोजगारि सृजना गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

गाउँपालिका भित्र रहेका २२९ खरका छाना विस्थापित गर्ने, कोभिड १९ का कारण बेरोजगार भएका नागरिकलाई र अन्य वेरोजगार युवाहरुलाई रोजगारिमा जोडनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम, पालीका भित्रका सडक संरचना निर्माण, पर्यटन प्रर्वद्धनका लागि पदमार्ग निर्माण जस्ता कार्यक्रम संचलन गरि रोजगारी सृजना गर्ने, खानेपानीको सुद्धता परिक्षण गर्ने कार्यलाई अगाडि बढाईने काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले विद्यालय समायोजन एवं एकिकरण कार्यक्रम कार्यान्वयन कार्यविधी २०७७ कार्यान्वयन गर्ने, परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण गर्ने, पशु व्यवसायमा नस्ल सुधार, माटो परिक्षण, कृषि प्रोफाइलको तयारी जस्ता कार्यक्रमहरु संचालन गरि बेरोजगार तथा रोजगारी गुमाएकाहरुलाई कार्यक्रम मार्फत जोडने नीति लिएको छ । गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि रु.४९ करोड २० लाखको बजेट समेत सातौं गाउँसभामा प्रस्तुत गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *