ग्रामीण क्षेत्रमा केन्द्रीय लाइन पुर्याउँदै विद्युत प्राधिकरण बागलुङ

डम्मर बुढा मगर, बागलुङ
नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाको ग्रामीण क्षेत्रमा केन्द्रीय प्रशारण लाइन विस्तारलाई तीव्रता दिन थालेको छ ।

विद्युतको पहुँच नपुगेका क्षेत्रहरुमा केन्द्रीय प्रशारण लाइन विस्तार गर्नका लागि कार्य योजना बनाएको केन्द्र प्रमुख शिव नारायण गोशालीले बताउनुभयो ।

केन्द्रले बिहिबार पत्रकार सम्मलेलन गरि आर्थिक वर्ष २०७६÷०७७ मा ९५ प्रतिशत कार्य सम्पन्न गरेको जानकारी गराएको छ । यस केन्द्रबाट ३ हजार घरधुरी प्रत्यक्ष लाभाम्वित भएका छन् ।

गत आर्थिक वर्षमा केन्द्रले विद्युत आपूर्ति गर्न रामरेखा सव–स्टेशनमा अटोमेटिक प्रोटोक्सनको लागि ११० भोल्टको डिसी बेट्री खरिद गरि सञ्चालनमा ल्याएको छ ।

ग्रामीण क्षेमा केन्द्रीय लाइनको पहुँच पु¥याउनको लागि जिल्लाको ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकामा ट्रान्सफर्मर थप गरेको केन्द्र प्रमुख गोशालीले बताउनुभयो ।

पश्चिम बागलुङमा विद्युत विस्तारका लागि गलकोट, डाँडाखेतमा नयाँ भवन निर्माण गरी संचालनमा ल्याउने तयारी भएको उहाँको भनाई छ । विद्युत महशुल समयमै भुक्तान नगर्ने ३ सय २४ ग्राहकको लाइन विच्छद गरि केन्द्रले २० लाख ६१ हजार अशुली गरेको गोशेलीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *