निसीखोलामा समुदायस्तरको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिकामा समुदाय स्तरमा गरिएको कोरोना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गाउँपालिकाले भदौ २ गते जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र बैंक तथा वित्तिय संस्थामा काम गर्ने कर्मचारी गरी ६७ जनाको स्वाब परीक्षणको लागि पोखारा पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले जानकारी दिनुभयो ।

गाउँपालिकामा हालसम्म करिब ९ सय विदेशबाट आएका छन् । उनीहरु सबै क्वारेन्टिनमा बसेर आरटिडी÷पिसीआर परीक्षण गरि घर फर्किसकेका छन् । जसमा १२ जनामा संक्रमण पुष्टि भएकोमा उनीहरु सबै जना निको भएर घर फर्किएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *