पुरातत्व विभागले बागलुङका तीन मन्दिरको जिर्णोद्वार गर्ने

आदर्श अनलाइन, बागलुङ
पुरातात्विक महत्व बोकेका बागलुङ जिल्लाका तीन मन्दिरको जिर्णोद्वार गरिने भएको छ ।

पुरातत्व विभागले बागलुङ नगरपालिका भित्र रहेको संसारकोट, भैरव स्थान मन्दिर र गणेश मन्दिर जिर्णोद्वार गरिने छ । बागलुङ नगरपालिका भित्र रहेका तीन मन्दिर निकै पुराना भएका कारण जिर्णोद्वार गर्न पुरातत्व विभागले आर्थिक वर्ष २०७७/७८ मा बजेट विनियोजन गरी कार्यादेश प्रदान गरेको छ ।

जस अन्र्तगत बागलुङ नगरपालिका–१२ स्थित रहेको भैरव स्थान मन्दिर र कोत घर र र बागलुङ नगरपालिका–३ सुल्डाँडा स्थित गणेश मन्दिरको जिर्णोद्वार र बागलुङ नगरपालिका–७ स्थित धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको संसारकोट दरबार क्षेत्रको पुर्ननिर्माण गर्नका लागि बजेट र कार्यादेश प्राप्त भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । ‘संसारकोटको विस्तृत अध्ययन प्रतिवेदन सहित पुर्ननिर्माणको कार्य थालनी गरिने छ’ प्रमुख पौडेलले भन्नुभयो ‘बागलुङमा विभागको नयाँ कार्यक्रम हो, को मार्फत बजेट आउने भन्ने जानकारी आइसकेको छैन, भैरवस्थान र गणेशथानको पूँजीगत सूधार तर्फ बजेट आएको हो ।’

विभागका अनुसार संसार कोट र भैरवस्थान मन्दिरलाई यो आर्थिक वर्षमा रु.३०÷३० लाख र गणेशथान मन्दिरलाई रु.१० लाख बजेट विनियोजन भएको हो । संसारकोट पछिल्लो समय पर्यटकीय आकर्षणको केन्द्र बन्दै गए पनि भौतिक संरचनाको अभावमा समस्या भइरहेको छ । नगरपालिकाले संसारकोट पुग्नलाई पर्यटकीय पदमार्ग निर्माण भने गर्दै आएको छ । यस्तै, भैरवस्थान मन्दिर समेत लामो समय देखि जिर्णोदार गर्न पञ्चवर्षिय योजना निर्माण गरे पनि अलपत्र रहेको छ । मन्दिर निकै पुरानो भएका कारण जिर्णोद्वारको आवश्यकता छ । साउन ४ को निर्णय अनुसार बागलुङका दुई मन्दिरको जीर्णोद्वार र संसारकोटको पुर्ननिर्माण गरिने पुरातत्व विभागका सविता न्यौपानेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *