बागलुङमा थपियो ४८ घण्टा निषेधाज्ञा

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा दुई दिन निषेधाज्ञा थप गरिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि नियन्त्रणको लागि भदौ ३ गतेदेखि जारी निषेधाज्ञालाई कोरोना रोकथाम व्यवस्थापन केन्द्र बागलुङको आज बसेको बैठकले आज रातिदेखिनै लागु हुने गरि ४८ घण्टा थप गरिएको हो ।

निषेधाज्ञालाई थप गर्नको लागि जिल्ला सुरक्षा समितिले अनुमोदन गरेपछि आज रातिदेखि लागु हुने छ ।

दुई दिनपछि अत्यावश्यक सामानदेखि अन्य पसलहरु विस्तारै खुलाउने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *