काठेखोलामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित कर्मचारीको सम्पर्क आएका २ जना र क्वारेन्टाइनमा रहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत सोमराज पाण्डेले जानकारी दिनुभयो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा काठेखोला गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीया एक महिला, २१ र २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको पाण्डेल बताउनुभयो ।

काठेखोला गाउँपालिकाका वडा नम्बर ६ का महिला र पुरुष होटल व्यवसायी भएको उहाँको भनाई छ । उनीहरूको भदौ १४ गते गाउँपालिकाका कर्मचारीलाई कोरोना पुष्टि भएपछि कन्ट्याक्ट
ट्रेसिङमार्फत पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *