कायत समाजले दियो ढोरपाटन बाढी पीडितलाई साढे दुई लाख सहयोग

छबिलाल पाण्डे, बुर्तिबाङ 
कायत समाज बोबाङले बाढी पीडितलाई राहत हस्तान्तरण गरेको छ । गत बुधबार बाढीका कारण ज्यान गुमाएका तथा धनजनको क्षति भएका परिवारका लागि राहत हस्तान्तरण गरिएका हो ।

बाढीका कारण वेपत्ता तथा मृतकका २१ परिवारलाई प्रति परिवार पाँच हजारका दरले एक लाख पाँच हजार र पूर्ण घरबार विहिन बनेका ७५ परिवारलाई प्रति परिवार दुई हजारका दरले १ लाख पचास हजार गरी कुल दुई लाख ५५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

राहत हस्तान्तरण कार्यक्रममा कायत परिवारको तर्फदेखि कल्याण कायतको संयोजकत्वमा कायत समाजका अध्यक्ष निमबहादुर कायत, सचिव रकम कायत, कोषाध्यक्ष स्यामकुमारी कायत सदस्य तारजंग कायत, हर्कबहादुर कायत, विश्वास कायत लगायतको टोलीले पीडित परिवारलाई तत्कालको खान बस्न तथा अति महत्वपूर्ण समस्या समाधानका सहयोग हस्तान्तरण गरिएको कल्याण कायतले बताए । आफ्नै गाउँ ठाउँमा भएको दुःखद घटनाले आफुलाई निकै स्तब्ध बनाएको र विपदको समस्यामा अप्ठ्यारो परेकोलाई सहयाग गर्नु सबैको दायित्व भएको उनको भनाई छ ।

तत्कालका लागि खान बस्न समेत समस्या भएकाहरुलाई आफुहरुले समाजको तर्फबाट रकम संकलन गरेर हस्तान्तरण गरेको संस्थाका अध्यक्ष निमबहादुर कायतले बताए । बोबाङमा बस्दै आएका कायत समुदायले दुख, पीडामा परेका नागरिकलाई सक्दो सहयोग गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *